फागुन २९, काठमाडौं । समृद्धि फाइनान्सबाट अब नेपाल पे क्यूआर को सुविधा प्राप्त गर्न सकिने भएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्युआर केहि बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा शुक्रवारदेखि सञ्चालनमा आएको छ ।
उक्त नेपाल पे क्युआर को औपचारीक थालनीको घोषणा शुक्रवार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले समृद्धि फाइनान्स सहित केहि बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मीट कार्यक्रमको आयोजना गरिएको हो ।
यस सेवामा आवद्ध भई कारोबार शुरु गर्ने फाइनान्स कम्पनीहरुमध्ये समृद्धि फाइनान्स पहिलो फाइनान्सको रुपमा रहेको बताइएको छ । यो सुविधासँगै अब समृद्धि फाइनान्सका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत एउटै क्युआर लाई स्क्यान गरी भिसा, युनियन पे, अली पे र नेपाल पे क्युआरलगायत विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सक्नेछन् ।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक ११ दशमलव ७१ प्रतिशत र बचत निक्षेपमा अधित्तम ८ प्रतिशत सहित आकर्षक ब्याजदर सहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।