हिमालयन हाइड्रो एक्स्पो वैशाख १२ देखि

आगामी वैशाख दोस्रो साता चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा ‘समृद्धिका लागि हरीत उजा’ भन्ने नाराका साथ वैशाख १२ देखि १४ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुन लागेको हो ।

सम्बन्धित सामग्री

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो हुँदै

आगामी वैशाख १२ देखि १४ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ आयोजना हुने भएको छ ।

‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ सम्पन्न

काठमाडौं (अस) । तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ सम्पन्न भएको छ । शनिवारदेखि काठमाडौंको भुकृटीमण्डपमा जारी उक्त एक्स्पो सोमवार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको ऊर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप ऊर्जा प्रदान गरेको आयोजक संस्थाहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा उक्त एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोलाई एनएमबि बैंकले मुख्य प्रायोजन गरेको थियो । नेपालस्थित भारतीय राजदूतावासको समन्वय रहेको एक्स्पोमा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन कन्ट्री पार्टनर थिए । यस्तै आईएफसीलगायत संघसंस्थाहरूले प्रायोजनका साथै नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेका थिए । एक्स्पोको समापन सत्रमा इप्पानले स्वदेशमा उत्पादित विद्युत्को विक्री वितरण तथा निर्यातको काम निजीक्षेत्रलाई दिन माग गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जामन्त्री पम्फा भुसालसमक्ष यस्तो माग गरेका हुन् । ऊर्जामन्त्री पम्फा भुसालले ऊर्जाक्षेत्र आर्थिक विकासको मुख्य आधार भएको भन्दै यसको विकास गर्नेगरी सरकार अघि बढेको बताएकी छिन् । यस्तै, बजारको सुनिश्चितता भएपछि मात्र विद्युत् खरीदविक्री सम्झौता (पीपीए) खुलाउने उद्घोष उनले गरिन् । एक्स्पो अवधिभर प्रत्येक दिन जलविद्युत्सम्बन्धी विषयगत ६ ओटा अन्तरक्रिया सञ्चालन गरिएको थियो । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाको समेत सहभागिता थियो ।

तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ शुरू

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जामा निजीक्षेत्रबाट भएको योगदानको प्रशंसा गर्नुभएको छ । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो उद्घाटन शत्रलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले एक शताब्दीसम्म अपेक्षित गति लिन नसकेको ऊर्जाक्षेत्रलाई अघि बढाउन निजीक्षेत्रले महत्त्वपूर्ण योगदान गरेको टिप्पणी गर्नुभयो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा तेस्रो संस्करणको एक्स्पो शुरु भएको हो । नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन एक्स्पोमा कन्ट्री पार्टनर छन् । जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनि छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य एक्स्पोको छ । आईएफसीलगायत संघसंस्थाले प्रायोजन गरेको एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघको सहयोग छ । इपानले यसअघि २०१८ र २०१९ मा विद्युत् उत्पादनलाई मुख्य एजेन्डा बनाएर एक्स्पो आयोजना गरेको थियो । यसपटक भने विद्युत् बजारको पहिचानलाई मुख्य एजेन्डा बनाइएको छ । एक्स्पो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युत्को विकासका मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले निजीक्षेत्रको लगानीमै ऊर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताए । ऊर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । ऊर्जा उत्पादन सम्भाव्यताको झन्डै ५ प्रतिशत मात्र उत्पादन भएको उनले बताए । २०४७ सालको परिवर्तनपछि निजीक्षेत्रले १ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिहरहेको भए पनि पछिल्लो ३ वर्षदेखि विद्युत् खरीदविक्री सम्झौता हुन नसक्दा प्रवर्द्धकहरू हतोत्साहित बनेको आचार्यको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ऊर्जा क्षेत्रमा निजीक्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुनुपर्ने बताए । यसैगरी नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजीक्षेत्रमैत्री नीति तथा कानून राम्रो भए पनि व्यावहारिक पाटो कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताए । नेपाल–भारत ऊर्जा व्यापारमा सक्रिय रूपमा काम गरिरहेको साउथ एशिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेशन अफ इन्डियन इन्डस्ट्रिजका डा. भूपेन्दकुमार सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो । एक्स्पोमा टाइटल स्पोन्सर गरेको एनएमबि बैंकले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारीसाधनमा कर्जा लगानी गर्ने जानकारी दिएको छ ।

हाइड्रो एक्स्पोमा जलविद्युत् सम्बन्धी नीतिगत छलफल हुँदै

संघीय राजधानी काठमाडौंमा जलविद्युत् क्षेत्रको प्रवर्द्धनका लागि शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो हुँदै छ।...

हिमालयन हाइड्रो एक्स्पो हुने

हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणमा विद्युतीय सवारीसाधनको ¥याली हुने भएको छ । शनिबारबाट शुरु हुने तेस्रो हिमालयन हाइड्रो एक्स्पोमा भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत केन्द्र फर्पिङसम्म विद्युतीय सवारीसाधनको ¥याली आयोजना हुने भएको हो ।विशेष गरेर यस एक्स्पोमा विद्युतको बजार खपतमा जोड दिइने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का कार्यसमिति सदस्य प्रकाश दुलालले बताए । दुई दिनसम्म चल्ने एक्स्पोमा रोबोटिक प्रतियोगितासमेत सञ्चालन हुनेछ । जसले रोबोटको माध्यमबाट जलविद्युतको टनेल

चैत तेस्रो साता हिमालयन हाइड्रो एक्स्पो हुने

आगामी चैत तेस्रो साता राजधानीमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ।  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युत्को बजारीकरण भन्ने नाराका साथ आगामी चैत १८ देखि २० गतेसम्म हिमालयन हाइड्रो एक्स्पो सञ्चालन हुन लागेको हो।

तेस्रो ‘हिमालयन हाइड्रो एक्स्पो’ हुने

नेपालमा उत्पादित विद्युतको बजार र खपत बढाउने लक्ष्यसहित तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान) को आयोजनामा चैत १८ देखि २० गतेसम्म एक्स्पो आयोजना हुने भएको हो ।ईप्पानका उपाध्यक्ष आशिष गर्गले उत्पादित बिजुली खेर गएपछि त्यसको बजार खोज्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । ‘यसअघि बिजुली उत्पादन नभएर १८ घण्टे लोडसेडिङ भोगियो,’ उनले भने, ‘अहिले बिजुली बढी भएर खेर जाने समस्या भइरहेको छ ।’ यही समस्या समाधान