तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ शुरू

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जामा निजीक्षेत्रबाट भएको योगदानको प्रशंसा गर्नुभएको छ । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो उद्घाटन शत्रलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले एक शताब्दीसम्म अपेक्षित गति लिन नसकेको ऊर्जाक्षेत्रलाई अघि बढाउन निजीक्षेत्रले महत्त्वपूर्ण योगदान गरेको टिप्पणी गर्नुभयो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा तेस्रो संस्करणको एक्स्पो शुरु भएको हो । नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन एक्स्पोमा कन्ट्री पार्टनर छन् । जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनि छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य एक्स्पोको छ । आईएफसीलगायत संघसंस्थाले प्रायोजन गरेको एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघको सहयोग छ । इपानले यसअघि २०१८ र २०१९ मा विद्युत् उत्पादनलाई मुख्य एजेन्डा बनाएर एक्स्पो आयोजना गरेको थियो । यसपटक भने विद्युत् बजारको पहिचानलाई मुख्य एजेन्डा बनाइएको छ । एक्स्पो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युत्को विकासका मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले निजीक्षेत्रको लगानीमै ऊर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताए । ऊर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । ऊर्जा उत्पादन सम्भाव्यताको झन्डै ५ प्रतिशत मात्र उत्पादन भएको उनले बताए । २०४७ सालको परिवर्तनपछि निजीक्षेत्रले १ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिहरहेको भए पनि पछिल्लो ३ वर्षदेखि विद्युत् खरीदविक्री सम्झौता हुन नसक्दा प्रवर्द्धकहरू हतोत्साहित बनेको आचार्यको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ऊर्जा क्षेत्रमा निजीक्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुनुपर्ने बताए । यसैगरी नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजीक्षेत्रमैत्री नीति तथा कानून राम्रो भए पनि व्यावहारिक पाटो कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताए । नेपाल–भारत ऊर्जा व्यापारमा सक्रिय रूपमा काम गरिरहेको साउथ एशिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेशन अफ इन्डियन इन्डस्ट्रिजका डा. भूपेन्दकुमार सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो । एक्स्पोमा टाइटल स्पोन्सर गरेको एनएमबि बैंकले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारीसाधनमा कर्जा लगानी गर्ने जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

सुरु भयो हिमालयन हाइड्रो एक्स्पो

चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल

१२ वैशाखदेखि काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पो

चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ यही १२ वैशाखबाट सुुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको

हिमालयन हाइड्रो एक्स्पो वैशाख १२ देखि

आगामी वैशाख दोस्रो साता चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा ‘समृद्धिका लागि हरीत उजा’ भन्ने नाराका साथ वैशाख १२ देखि १४ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुन लागेको हो ।

तेस्रो हिमालयन हाइड्रो एक्स्पो सम्पन्न

काठमाडौं (नेस) । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरूको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युत्सँग सम्बन्ध राख्नेहरूको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाहरूले बताएका छन् । एक्स्पोमा गहन विषयहरूमा छलफल भएको थियो भने एक्स्पोको अन्तिम दिन जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल भएको छ । ऊर्जा जलस्रोत सिँचाईमन्त्री पम्फा भूषाल पूर्व अर्थमन्त्री सुरेन्द्र […]

‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ सम्पन्न

काठमाडौं (अस) । तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ सम्पन्न भएको छ । शनिवारदेखि काठमाडौंको भुकृटीमण्डपमा जारी उक्त एक्स्पो सोमवार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको ऊर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप ऊर्जा प्रदान गरेको आयोजक संस्थाहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा उक्त एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोलाई एनएमबि बैंकले मुख्य प्रायोजन गरेको थियो । नेपालस्थित भारतीय राजदूतावासको समन्वय रहेको एक्स्पोमा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन कन्ट्री पार्टनर थिए । यस्तै आईएफसीलगायत संघसंस्थाहरूले प्रायोजनका साथै नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेका थिए । एक्स्पोको समापन सत्रमा इप्पानले स्वदेशमा उत्पादित विद्युत्को विक्री वितरण तथा निर्यातको काम निजीक्षेत्रलाई दिन माग गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जामन्त्री पम्फा भुसालसमक्ष यस्तो माग गरेका हुन् । ऊर्जामन्त्री पम्फा भुसालले ऊर्जाक्षेत्र आर्थिक विकासको मुख्य आधार भएको भन्दै यसको विकास गर्नेगरी सरकार अघि बढेको बताएकी छिन् । यस्तै, बजारको सुनिश्चितता भएपछि मात्र विद्युत् खरीदविक्री सम्झौता (पीपीए) खुलाउने उद्घोष उनले गरिन् । एक्स्पो अवधिभर प्रत्येक दिन जलविद्युत्सम्बन्धी विषयगत ६ ओटा अन्तरक्रिया सञ्चालन गरिएको थियो । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाको समेत सहभागिता थियो ।

घोडा जात्राले सर्‍यो हाइड्रो एक्स्पोः अब चैत १९ देखि २१ सम्म हुने

काठमाडौँ – तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ देखि २१ गतेसम्म हुने भएको छ। यसअघि चैत १८ देखि २० गतेसम्म हुने भनिएको एक्स्पो घोडेजात्राका कारण १ दिन सारिएको आयोजकले जनाएको छ। चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै […]

चैत तेस्रो साता हिमालयन हाइड्रो एक्स्पो हुने

आगामी चैत तेस्रो साता राजधानीमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ।  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युत्को बजारीकरण भन्ने नाराका साथ आगामी चैत १८ देखि २० गतेसम्म हिमालयन हाइड्रो एक्स्पो सञ्चालन हुन लागेको हो।

चैत १८ देखि काठमाडौँमा हिमालयन हाइड्रो एक्स्पो

काठमाडौँ– आगामी चैत १८ देखि २० गतेसम्म तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्पो २०२२ हुने भएको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको एक्पो चैत १८ देखि २० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको हो। हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको विकसित पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, नेपालको जलविद्युतको लागि बजारको प्रवर्द्धन गर्न, देशभित्र […]

तेस्रो ‘हिमालयन हाइड्रो एक्स्पो’ हुने

नेपालमा उत्पादित विद्युतको बजार र खपत बढाउने लक्ष्यसहित तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान) को आयोजनामा चैत १८ देखि २० गतेसम्म एक्स्पो आयोजना हुने भएको हो ।ईप्पानका उपाध्यक्ष आशिष गर्गले उत्पादित बिजुली खेर गएपछि त्यसको बजार खोज्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । ‘यसअघि बिजुली उत्पादन नभएर १८ घण्टे लोडसेडिङ भोगियो,’ उनले भने, ‘अहिले बिजुली बढी भएर खेर जाने समस्या भइरहेको छ ।’ यही समस्या समाधान