नेपालका विभिन्न क्षेत्रमा भेल पहिरोको उच्च जोखिम बढ्दै गएको पछिल्ला दिनका केही घटनाले पुष्टि गरेको छ । विभिन्न पहाडी भूभागमा सामान्य खोल्सा र पहरामा वर्षाको भेलसहित पहिरो बनेर झर्ने क्रम बढेको छ ।
शनिबार बिहान करिब २ बजेतिर बझाङको केदास्युँ गाउँपालिका–८ मल्लेसीमा त्यस्तै भयो । गाउँ माथिको खोल्सीमा आएको बाढीमै मिसिएर पहिरो खस्न थाल्यो । माथि खिरिलो पहिरोले तलको कमलो जमिन सोहोर्दै फराकिलो बनेर झण्डै आधा गाउँ बगायो ।