यातायात व्यवसायी सवारीसाधनसहित प्रदर्शनमा, विभाग घेराउ गर्दै

काठमाडौँ । यातायात व्यवसायीहरू सवारीसाधनसहित प्रदर्शनमा उत्रिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घको आह्वानमा यातायातको भाडा, कोरोनाविरुद्ध खोपलगायतका विभिन्न माग राख्दै सवारीसाधनसहित यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । सवारीसाधनसहित सडक प्रदर्शनमा निस्किएका पदर्शनकारीहरुले ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट […]

सम्बन्धित सामग्री

मंगलवारदेखि हेटौंडा केन्द्रित आन्दोलन गर्दै यातायात व्यवसायी

काठमाडौं । स्थानीय रूटमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडादर बढाउनुपर्ने माग राख्दै सोमवार बिहानैदेखि काठमाडौंमा आन्दोलन गरेका यातायात व्यवसायीले मंगलवारदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलन गर्ने भएका छन् । काठमाडौंमा आन्दोलन गरेर आफ्ना माग पूरा नहुने भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् । दिनभर आन्दोलनमा रहेका व्यवसायीले सोमवार बेलुका बैठक बस्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गर्न र आफ्ना माग पूरा गराउन प्रदेश राजधानी जाने निर्णय गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले मंगलवारदेखि नै आफूहरू मुख्यमन्त्री र विभागीय मन्त्रीको कार्यालय घेराउ गर्न हेटौंडा जाने बताए । ‘बरु हामी दशैं मनाउँदैनौं, तर आफ्ना माग पूरा गराएरै छाड्छौं,’ उनले भने । व्यवसायीले छाटो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाउनुपर्ने माग राख्दै काठमाडौंको चक्रपथमा चल्ने गाडी बाटोमै तेस्र्याएर आन्दोलन गरेका थिए । व्यवसायीले ग्वार्को, कोटेश्वर, गौशाला, सातदोबाटो, चाबहिल, सुकेधारा, कलंकी लगायत स्थानमा खाली गाडीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । उनीहरूले गाडीले यात्रु बोकेको पाएमा बीच बाटोमै रोकेर हिँड्न बाध्य पारेका थिए । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सवारीसाधनमा पहिलेको भाडादरमा २८ प्रतिशतले वृद्धि गरे पनि प्रदेश अन्तर्गतका जिल्लामा चल्ने सवारीसाधनमा भने भाडादर बढाएको छैन । यी जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने भए पनि बागमती प्रदेशले छोटो दूरीका सवारीसाधनमा भाडा बढाउनेबारे हालसम्म कुनै निर्णय नगर्दा व्यवसायी आन्दोलित भएका हुन् । सोमवारको आन्दोलनमा काठमाडौंसहित धादिङ, रसुवा, मकवानपुर, सिन्धुपाल्चोक लगायत जिल्लाका ७२ ओटा कम्पनीका करीब ५ हजार सवारीसाधन र त्यसमा काम गर्ने १० हजार मजदूर रहेका थिए ।

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीको बस भाडा समायोजन गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । यातायात व्यवसायीले एउटै प्रदेशभित्र चल्ने बस भाडा पनि समायोजन गर्न माग गरेका हुन् । बस भाडा समयोजनको मागमा […] The post माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यातायात व्यवसायी आन्दोलित, विभाग घेराउ गर्दै, यी हुन् माग

काठमाडौं । यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागको कार्यालय घेराउ गर्दै छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । विभिन्न सातबुँदे माग अघि सारेका छन् । आफ्ना सवारीसाधनसहित उनीहरु विभाग घेराउ गर्न जाँदै छन् । काठमाडौंका विभिन्न स्थानमा आज बिहानैदेखि...