संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने तालिबानको माग

काठमाडौं, ६ असोज । तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग गरेको छ । तालिबानी विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने माग गरेका हुन् । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन लागेको छ । तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहिनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेको छ । प्रवक्ता सुहेललाई महासभामा पठाउने […]

सम्बन्धित सामग्री

डा. खड्का आज मन्त्री बन्दै, आजै अमेरिका जाने

प्रधानमन्त्री शेर बहादुर देउवाले आज मन्त्रिपरिषदमा एक जना मन्त्री थप गर्ने भएका छन् । उनले कांग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउन लागेका हुन् । डा. खड्काले आज नै सपथ लिने छन् भने सपथपछि कार्यभार सम्हाले लगत्तै उनी आजै अमेरिका प्रस्थान गर्ने छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्व गर्दै उनी अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका हुन् । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने छन् ।हालसम्म प्रधानमन्त्री देउवाले नै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका थिए। तर संयुक्त राष्ट्रसंघको महासभा सुरु भईसकेको र परराष्ट्र मन्त्री नभएकोले महासभामा कसलाई पठाउने भन्ने अन्योल रहेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासभामा पठाउने प्रतिनिधि मण्डल चयन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार डा. खड्कालाई  परराष्ट्र मन्त्री नियुक्त गरेर महासभामा पठाउन लागिएको हो ।