विनोद चौधरीलाई घण्टीले पछ्याउँदै, हृदयेश त्रिपाठी तेस्रो

६ मंसिर, परासी । नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् । नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठी भने तेस्रो स्थानमा छन् । रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत […]

सम्बन्धित सामग्री

विनोद चौधरीद्वारा हृदयेश त्रिपाठी फराकिलो मतान्तरले पराजित

काठमाडौं : उद्योगपति तथा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर पश्चिम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ। चौधरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीसँग सात हजार १५१ मतान्तरले विजयी भएका हुन्। चौधरीले २९ हजार ४५९ मत प्राप्त गरे। त्रिपाठीले २२ हजार ३०८ मत हासिल गरे। नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गरे। त्रिपाठी यसअघि यो क्षेत्रबाट विजयी भएका थिए। उनलाई नेकपा एमालेको समर्थन थियो।

विनोद चौधरी अगाडि, हृदयेश त्रिपाठी तेस्रो

नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी अगाडि रहेका छन् । उनले गणना भएको ३७ हजार ४४३ मतमध्ये ११ हजार ६४० मत पाएका छन् ।

विनोद चौधरी ५ सय मतले पछाडि

काठमाडौँ- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी […]

विनोद चौधरी र हृदयेश त्रिपाठीलाई पछि पार्दै घण्टीका सेन अग्रस्थानमा

काठमाडौं ; नवलपरासी १ मा कांग्रेसका विनोद चौधरी र जनता प्रगतिशील पार्टीका उम्मेदवार  हृदयेश त्रिपाठीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्।उनले ३९५९ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्। चौधरीले अहिलेसम्म ३८५० मत ल्याएका छन्।जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रोमा छन्।  त्रिपाठीले २९४१ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।

नमस्कार गर्दै घरदैलोमा विनोद चौधरी, चोकचोकमा कोणसभा गर्दै हृदयेश त्रिपाठी

शिव सत्याल र सुवास श्रेष्ठमंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदातालार्ई आफ्नो पक्षमा भोट हाल्ने बनाउने ध्याउन्नमा व्यस्त देखिएका छन् । यस्तै व्यवस्तता अर्बपति व्यापारीसमेत रहेका उम्मेदवार विनोद चौधरी र हृदयेश त्रिपाठीको पनि देखियो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कांग्रेसका चौधरी सत्ता गठबन्धनको साझा उम्मेदवार र जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी एमाले गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।कात्तिक २४ गते रातोपाटीको टीम

विनोद चौधरीलाई म नेता मान्दिनँ, राजनीति उहाँको विषय होइनः हृदयेश त्रिपाठी

काठमाडौं, १३ कात्तिक । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं नवलपरासी १ मा नेकपा एमाले समर्थित उम्मेदवार हृदयेश त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरी कुनै नेता नभएको आरोप लगाएका छन् । ‘विनोद चौधरीले हामीलाई दुई घन्टा कुराउनुभयो, आउनुभएन । राजनीतिकर्मी वा नेता भएको भए पक्कै आउनुहुन्थ्यो । त्यसैले उहाँँ नेता होइन । त्यसबाहेक जे भन्नुस्, म मान्छु […]

नवलपरासी–१ मा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठी आमनेसामने

नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठीसहित १४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने त्रिपाठी स्थानीय तह निर्वाचन अघि आफैले गठन गरेको दल जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हुन् ।त्रिपाठी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । चौधरी प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् ।सोही क्षेत्रबाट नेकपा एमालेले सिन्धु लजेशा ब