इजरायल रोजगारीको परीक्षामा कुनै प्रकारको चलखेल हुँदैन, ढुक्क हुनुहोस् : विभाग

काठमाण्डौ – इजरायल रोजगारीको लागि पैसाको चलखेल भयो भन्ने कुरा अप्रमाणिक र अफवाह भएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीको सम्बन्धमा अत्यन्तै ठगी भएको कारणले गर्दा नै इजरायल सरकार र नेपाल सरकारबीच प्रोटोकलमा साइन गरेर यसलाई निष्पक्ष गराउन दुवै पक्ष लागिपरेकाले चलखेलको सम्भावना नै नरहेको विभागले प्रष्ट पारेको छ ।​ अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाटै प्रश्न सोधिने र कम्प्युटरबाटै जाँच हुने भएकाले त्यसमा चलखेल हुने बाटो नरहने विभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले बताउनुभय...

सम्बन्धित सामग्री

कर्मचारी आन्दोलनले रोकिएको इजरायल रोजगारी सुचारु हुँदै

इजरायलको परराष्ट्र मन्त्रालय कर्मचारी युनियनको आन्दोलनका कारण रोकिएको इजरायल जाने प्रक्रिया केही समयपछि खुल्ने भएको छ ।इजरायलको तेल अविवस्थित नेपाली दूतावासले सूचना जारी गर्दै इजरायलको परराष्ट्र मन्त्रालय कर्मचारी युनियनको अगुवाइमा भइरहेको आन्दोलन अवधिभर सरकारी प्रक्रिया अगाडि नबढाउन तथा महत्वपूर्ण भ्रमण नगरिदिन आन्दोलनरत कर्मचारी युनियनबाट अपिल भएका कारण तत्काल रोकिएको जनाएको छ । दूतावासले आन्दोलनका कार्यक्रम […]

इजरायल रोजगारी :  २९७ उडे, १ हजार श्रमिकसँग दोहोरो श्रम सम्झौता

काठमाडौं : केयर गिभरका लागि इजरायल रोजगारीमा जाने तयारीमा रहेका १९९ जना नेपालीसँग इजरायल सरकारले श्रम सम्झौता गरेको छ। इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौता भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल जानका लागि अन्तिम छनोटमा परेका १ हजार १७५ जनामध्ये ९९९ जनाको श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।इजरायलका रोजगारदाताले पठाएको रोजगार सम्झौताका आधारमा सम्झौता गरिरहेको विभागले जनाएको छ।  रोजगारदाता कम्पनीसँग दोहोरो रोजगार

इजरायल रोजगारी : १ सय ४३ जनालाई ५ माघमा पठाउने तयारी

काठमाडौं : सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार पठाउन सुरु गरेको छ। लामो समयदेखि चर्चामा रहेको इजरायल रोजगारीमा ५ माघमा पहिलो पटक १२५ जना नेपाली श्रमिक पठाउने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले सम्पूर्ण प्रक्रिया पुरा गरेर एक हजार एक सय ७५ जना श्रमिक छनोट गरेको छ।तीमध्ये करिब सात सय जनासँग करार सम्झौता भइसकेको छ। एक सय ४३ जनाको भने भिसाको प्रक्रिया पुरा गरेको वैदेशिक रोजगार विभाग इजरायल शाख

इजरायल रोजगारी : छनोट भएकालाई कहिले कोरोनाविरुद्धको खोप?

काठमाडौं : दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर)मा इजरायल रोजगारीका लागि छनोट भएका कामदारलाई सरकारले पुस दोस्रो सातादेखि पठाउने तयारी गरिरहेको छ।छनोट भएका १ हजार १७५ जना कामदारलाई तत्काल कोरोनाविरुद्धको खोप व्यवस्था गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ। श्रम मन्त्रालयले मोडेर्ना, फाइजर, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, कोभिसिल्ड, सिनोफार्म वा सिनोभ्याक खोपलाई मान्यता दिएको छ।छनोट भएका कामदारहरूका स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेकाल

रोजगारीका लागि छनोट भएका कामदारलाई एक महिनाभित्र इजरायल पठाउने विभागको तयारी

काठमाडौँ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान छनोट भएका कामदारलाई अबको एक महिनामा इजरायल पुग्ने गरी प्रक्रिया अगाडि बढाएको छ । विभागले पहिलो चरणमा रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका कामदारको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गरी चरणबद्ध रूपमा इजरायल पठाउने तयारी गरेको हो । विभागका निर्देशक एवं इजरायल रोजगारी संयोजक डम्बर सुनुवारले […]

इजरायल रोजगारी : कहिलेबाट जान पाउँछन् नेपाली ?

काठमाडौं : इजरायल रोजगारीका लागि नेपाली कामदार पठाउने प्रक्रिया  अन्तिम चरणमा पुगेको छ। बुधबार इजरायल सरकारसँग छलफल गरी कहिले‚ कति, कसरी पठाउने भन्ने टुंगो लाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि पहिलो चरणमा एक हजार कामदार माग गरेको छ। रोजगारीका लागि परीक्षामा एक हजार ६०० जना छनोट भएका थिए। जसमध्ये चिठ्ठा प्रक्रियाबाट १ हजार १७५ जना छनोट भएका छन्। चिठ्ठा प्रक्रियाबाट छनोट भएका सबै पठाउने वा एक हजार जना

इजरायल रोजगारी :  भदौ २८ गते परीक्षा

केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परीक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परीक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परीक्षा हुने बताएको हो ।इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाईमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही जानकारीका आधारमा परीक्षार्थ

इजरायल रोजगारी : सकियो आवेदन दिने म्याद, कहिले हुन्छ परीक्षा ?

काठमाडाै‌ं :  वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि मागेको आवेदनको म्याद सकिएको छ। १२ साउनमा खोलिएको आवेदनको म्याद सोमबार सकिएको हो। तोकिएको समयमा ९ हजार ६ सय ९९ आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ। रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिलाको आवेदन परेको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।इजरायलले पहिलो चरणमा १ हजार कामदार मागेको छ। उनका अनुसार मागेभन्दा ९ गुणा बढी

इजरायल रोजगारी-अनलाइन आवेदन दिन समस्या भयो ? यसरी भर्नुहोस् फारम

वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवर बाटै नेपाली श्रमिक पठाउनका लागि मंगलबार आवेदन दिने सूचना जारी गरेको छ । इजरायल रोजगारीको लागि आवेदन दिने चाहनेहरूले सजिलै अनलाइनमार्फत नै आवेदन दिन सक्छन् । तर अनलाइनमार्फत आवेदन दिन विभिन्न समस्या भएको आवेदकले गुनासो गरिरहेका छन् । अनलाइनमार्फत सजिलै कसरी आवेदन दिन सकिन्छ त ? हामीले वैदेशिक रोजगार विभागका सूचना प्रविधि शाखाका निर्देशक श्रीचन्द्र साहलाई सोधेका छौँ ।इजरायल रोजगारीका लागि सजिलै कसरी आवेदन दिने ?इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्...

इजरायल रोजगारी खुल्दै

काठमाडौं, साउन ३ । लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको जानकारी दिए। […]