विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा ओलीले सो कुरा बताएका हुन् ।उनले विकल्प प्रस्तुत गर्नकै लागि आफूले विश्वासको प्रस्ताव लिन लागेको बताए । उनले भने, ‘विश्वासको मत भनेको संसद बाहिर गरिएको हल्ला होइन । आरोप प्रत्यारोप होइन। यो संसदभित्रको प्रक्रिया हो । मैले संसदको विश्वासका ममाथि छ भन्ने पुष्टि हुन्न भने म मार्ग प्रशस्त गरिदिन्छु ।&rsqu

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका छन्। संसद्‌मा विश्वासको मत गुमाएका प्रधानमन्त्री ‌ओली र राष्ट्रपति भण्डारीबिच सोमबार साँझ ७ बजेदेखि वार्ता सुरु भएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन्... The post प्रधानमन्त्री ओली पदमुक्त appeared first on Purbeli News.

प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत लिने ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत भई मतदान हुँदा पक्षमा बहुमत प्राप्त नभएपछि असफल भएका हुन् । प्रधानमन्त्री ओलीलाई नेकपा एमालेका आफूपक्षीय सांसदहरुले मात्र मतदान गरेका थिए । माधव नेपाल समूहका अधिकांश सांसदहरु मतदानमा […]

विश्वासको मत दिनुस्, संसद् विघटन हुँदैन : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रतिपक्षी दलका नेताहरूलाई जवाफ दिँदै उहाँले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको हो ।  उहाँले संसद्को स्थायित्वका लागि आफूलाई मतदान गरी संसदलाई बचाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसद् विघटन होला कि भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी विघटन हुन्छ ?’  ओलीले आफू सबैभन्दा ठूलो, धेरै जनमत र सिट भ...

विश्वासको मत लिन ओली पुगे संसद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन्। आज उनले विश्वासको मत लिने कार्यसूची छ।  नेकपा एमालेको आन्तरिक किचलोका कारण प्रधानमन्त्री ओली विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनलाई उनकै पार्टीको माधवकुमार नेपाल समूहले आज मत नदिने घोषणा गरिसकेको छ। आजको विश्वासको मतमा प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा…

विश्वासको मत गुमाए प्रधानमन्त्री ओली कुन विकल्पमा जालान्  ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत नपाउने लगभग निश्चित भएको छ । काँग्रेस, माओवादी, जसपा र पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपाल समुहका सांसदले मत नदिने भएपछि ओलीले संसदबाट विश्वास गुमाउने भएका हुन् ।यद्यपि मतदानको अघिल्लो दिन एमाले मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमाले सांसदहरुलाई ह्वीप जारी गरेका छन् । त्यस्तै ओलीले आइतबारै वक्तव्य जारी गरेर सामुहिक राजीनामा अपराध हो भनेका छन् ।‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई

प्रधानमन्त्री ओली र देउवाबीचको भेटवार्ता सम्पन्न : विश्वासको मत कांग्रेसले नदिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए तर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जवाफ फर्काएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। नेताहरू देउवा निवास बुढानिलकण्ठबाट निस्किएका छन्। प्रधानमन्त्री ओली एमाले नेतासहित देउवासँग झन्डै डेढ घण्टा छलफल गरेका थिए।

प्रधानमन्त्री ओली देउवालाई भेट्न पुगे बुढानिलकण्ठ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेतासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। आधाघण्टा अघि प्रधानमन्त्री ओली नेताहरु सुबास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा बादलसहित देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, 'प्रधानमन्त्री ओली देउवालाई भेट्न जानुभएको छ।' राष्ट्रियसभा उपचुनावका सन्दर्भमा र वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल हुनेछ ।

ओलीलाई विश्वासको मत : महन्थतिर नजर, माधव नेपालको डर !

काठमाडौं : प्रतिपक्षी मोर्चाबाट अविश्वासको प्रस्ताव आउन अलमल भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर अगाडि बढ्न खोजेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको (बाबुराम–उपेन्द्र) समूहले ओलीलाई विश्वासको मत दिनबाट रोक्न प्रयासरत छन्। तर, प्रधानमन्त्री ओली आफू संसद्मा विश्वासको मत पाउने विश्वासका साथ अगाडि बढ्न खोजेको देखिएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि राष्ट्रपति विद्यादे

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने जानकारी दिएका हुन् ।बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । सोही अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन् । प्रधानमन्त्री ओली आज दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गर्न शीतलनिवास पनि पुगेका थिए ।प्रधानमन्त्रीले विश्वासको मत लिने व