काठमाडौं। नेपालमा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित बागमती प्रदेशमा रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा २८ हजार २७१, लुम्बिनीमा ११ हजार ३७८, प्रदेश १ मा नौहजार २९८, प्रदेश २ मा छ हजार ६१५, गण्डकीमा सात हजार ३१३, कर्णालीमा तीन हजार ८२५ र सुदूरपश्चिममा छ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।