काठमाडाैं। विघटित नेकपा एकीकृत समाजवादीका कोशी प्रदेशका उपसचिव छिरिङ लामा नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ। उहाँ जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत हुनुहुन्थ्याे। एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसहितका दलहरूकाबीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामा ‘घर फर्क’ अभियान अन्तर्गत एमालेमा प्रवेश गर्नुभयाे। एमालेका पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्वो, कार्यवाहक अध्यक्ष दिपेन पोमु , […]
१६ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पताल निरीक्षण गरेका छन् ।
मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले …
१६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वाइडबडी विमान खरिद प्रकरणमा मुछिएर सफाइ पाएकाहरूलाई सजाय हुनुपर्ने माग सहित सर्वोच्च अदालत गएको छ ।
विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकाले त्यसलाई बदर गरी सफाइ पाएकाहरूलाई पनि कारबाही …
काठमाडौं। प्रहरीले साेमबार साँझ जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेकाे छ। काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३ घर भएका ५० वर्षीय रकम तामाङले संचालन गरेको सलिना खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित११ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे। तामाङ भने हाल काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बस्दै आएका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ […]
चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् ।अहिले जाडो बढेसँगै रुघाखोकीका बिरामी बढेका हुन् । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार यहाँ उपचारमा आउने बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका बिरामी हुन् । उनले भने, ‘सामान्य समयभन्दा अहिले यस्ता बिरामीको चाप बढेको छ ।’ अहिले अस्पतालमा दैनिक एक हजार […]