नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताएका छन् । उनले पार्टीले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै संगठन मजबुद बनेका कारण धेरै ठाउँमा पार्टीले जित्न सकेको बताए । ‘स्थानीय तह निर्वाचनको परिणाम लगभग आइसकेको छ । छिटपुटबाहेक मतगणना सकिएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले प्राप्त गरेको परिणाम सन्तोषजनक नै छ । गठबन्धनका कारण गठबन्धनका अन्य दलले पनि उल्लेख्य जित हासिल गर्नुभएको छ ।’