गत मे महिनामा इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच गाजामा युद्ध हुँदा सर्वसाधारण नागरिकलाई निशाना बनाइएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। दुवै पक्षले युद्ध अपराध नै हुने तहमा उत्रिएर सर्वसाधारणलाई निशाना बनाएको ह्यूमन राइट्स वाच निष्कर्ष निकालेको हो। मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको सो संस्थाले इजरायलले गरेको तीनवटा हमलामा ६२ जना मारिएका, तर हमला भएको स्थानमा हमासको सैन्य अखडा भएको कुनै पनि प्रमाण नभेटिएको जनाएको छ।पछिल्लो युद्धका बेला इजरायलले गाजामा हमासको सैन्य अखडालाई