१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित

नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बा

सम्बन्धित सामग्री

स्थागित काँग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

स्थगित भएको नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि  जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको काँग्रेसले जनाएको छ । सप्तरीको राजविराजस्थित पब्लिक माविमा  नयाँ नेतृत्वका लागि मतदान सुरु भएको काँग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।यसअघि फागुन २१ गते रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक

विवादका कारण काँग्रेस सर्लाहीको निर्वाचन स्थगित

नेपाली काँग्रेस सर्लाहीको सोमबारका लागि तय भएको निर्वाचन स्थगित भएको छ । पार्टीको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान समय तोकिएको थियो । पार्टीको दुई समूहबीच विवाद भएपछि निर्वाचन समितिले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरेको जनाएको छ ।

कांग्रेस जिल्ला अधिवेशन : सप्तरीमा पनि धाँधली, मतदान अब मंगलवार

वीरगंज : नेपाली काँग्रेस सप्तरीको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा धाँधली भएपछि स्थगित गरिएको छ। धाँधली भएपछि अगामी मंगलवार पुनः मतदानबाट जिल्ला कार्य समिति चयन गर्ने कार्यतालिका सार्वजनिक भएको छ। रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रमा शनिवार मतदान शुरु भएको केही घण्टामा अनियमित गतिविधि देखिएकोले मतदान प्रकृया…

काँग्रेस मकवानपुरको सभापतिमा त्रिपक्षीय भिडन्तको सम्भावना

केन्द्रीय तहको निर्देशन अनुसार नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित  छ । अधिवेशनको मिति तय नभइसकेको अवस्था भए पनि मकवानपुर काँग्रेसमा चुनावी सरगर्मी भने बढेको छ ।जिल्लाको नेतृत्वका लागि उम्मेदवारी घोषण गर्ने क्रम बढेसँगै काँग्रेस मकवानपुरको नेतृत्व कसले गर्ला भन्ने विषयले अहिले चर्चा पाएको छ । यसअघि काँग्रेस मकवानपुरको अधिवेशनको लागि दुई पटक मिति तोकिएको भए पनि अधिवेशन भने हुन सकेन ।यति बेला काँग्रेस मकवानपुरको जिम्मेवारी कार्यवाहक सभापति विष्णु प्रसाद ला

काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ । काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्

१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित(विज्ञप्तिसहित)

काठमाडौँ, १६ मङ्सिर। नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज (बिहिबार) एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो । पार्टीको महाधिवेशनपछि केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थगन गरिएका जिल्लाको जिल्ला अधिवेशन हुने निर्वाचन समितिका सचिव जनान्नाथ […]

आज गर्ने भनिएको काँग्रेसको कैलाली जिल्ला अधिवेशन स्थगित

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको बताए । धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी […]

फागो समूहले बहिस्कार गरेपछि काँग्रेसको धनकुटा जिल्ला अधिवेशन स्थगित

नेपाली काँग्रेस धनकुटा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार जिल्ला अधिवेशनका लागि मिति तय गरेपनि कमोट फागोको दबाब दिएपछि निर्वाचन अधिकृत पिकम राईले अधिवेशन स्थगित गरेका हुन् । सभापति शेरबहादुर देउवा पक्षले दुई वटै प्रदेशसभा क्षेत्रीय सभापति जितेपछि कृष्णप्रसाद सिटौला निकट फागो समूहले जिल्ला अधिवेशन बहिस्कारको नीति लिएको हो ।जिल्ला अधिवेशन सर्वसम्मत चयनको बाटोमा जानुपर्ने फागो समूहको जोड छ  । तर वर्तमान कोषाध्यक्ष तथा जिल्ला सभापतिका उम्मेदवार दिनेश राई र फागोबीच सहम

लफडा भएको बझाङमा काँग्रेस जिल्ला अधिवेशन तय

नेपाली काँग्रेसको बझाङको जिल्ला अधिवेशन असोज २१ गतेका लागि तय भएको छ । केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत बझाङ पुगेसँगै नयाँ मिति तय भएको हो । यसअघि निर्वाचन गर्न खटाइएका निर्वाचन अधिकृत चेतराज भट्ट विभिन्न धम्की आएपछि ‘सम्पर्कविहीन’ भएपछि केन्द्रीय निर्वाचन समितिले पुष्कर महर श्रेष्ठलाई बझाङ पठाएको हो ।   विवादकै कारण असोज १७ गते तोकिएको निर्वाचन स्थगित भएको थियो । आज जिल्लाका सबै अग्रज नेताहरुको बैठक बसी असोज २१ गते जिल्ला निर्वाचन गर्ने निर्णय भएको जिल्ला स्तरका नेताहरुको  भनाई...