१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित(विज्ञप्तिसहित)

काठमाडौँ, १६ मङ्सिर। नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज (बिहिबार) एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो । पार्टीको महाधिवेशनपछि केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थगन गरिएका जिल्लाको जिल्ला अधिवेशन हुने निर्वाचन समितिका सचिव जनान्नाथ […]

सम्बन्धित सामग्री

स्थागित काँग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

स्थगित भएको नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि  जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको काँग्रेसले जनाएको छ । सप्तरीको राजविराजस्थित पब्लिक माविमा  नयाँ नेतृत्वका लागि मतदान सुरु भएको काँग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।यसअघि फागुन २१ गते रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक

नेपाली काँग्रेस सप्तरीको जिल्ला अधिवेशन हुँदै

नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदैछ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा रहेका छन् ।सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका  केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेका रामदेवलाई सङ्घीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको बुझिएको छ ।शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्त

काँग्रेस धनुषाको अधिवेशन २३ गते

नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय भएको छ । जनकपुरधामस्थित काँग्रेस धनुषाको बसेको बैठकले जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय गरेको हो ।मधेस प्रदेशलगायत विभिन्न १६ जिल्लामा हुन बाँकी रहेको जिल्ला अधिवेशनको मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक फागुन १५ मा हुने भनिएको जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै २० गतेलाई सारिएको जानकारीसहित पत्र काँग्रेस केन्द्रीय कार्यसमितिले पठाएको छ । तर केन्द्रीय समितिले तोकेको मितिमा जिल्ला अधिवेशन गर्न प्राविधिक समस्या रहेका

काँग्रेस जिल्ला अधिवेशन : धनुषामा सन्तोष यादव संस्थापनका सभापतिका उम्मेदवार

नेपाली काँग्रेस संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ । नेपाली काँग्रेस धनुषामा जिल्ला अधिवेशन हुँदैछ । सोही अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाबाट यादवलाई सभापतिमा उम्मेदवार बनाउने  निर्णय गरिएको केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए । उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको प

१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित

नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बा

आज गर्ने भनिएको काँग्रेसको कैलाली जिल्ला अधिवेशन स्थगित

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको बताए । धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी […]

३२ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन

काठमाडौँ । काँग्रेसको १४औं अधिवेशनअन्तर्गत शुक्रबार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा जिल्ला अधिवेशन भएको छ। काठमाडौँको जिल्ला अधिवेशन भने राष्ट्रिय सभागृहको हल खाली नभएका कारण हुन सकेन। जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार काठमाडौँ जिल्ला कार्यसमितिको बैठक शुक्रबारदेखि नै सभागृहमा सुरु भएकाले जिल्ला अधिवेशन रोकिएको हो। काठमाडौँमा १० निर्वाचन क्षेत्र छन्। तीमध्ये ८ […]

एमाले महाधिवेशनले चितवन काँग्रेसको जिल्ला अधिवेशन स्थगन

नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको काँग्रेसले जनाएको छ ।एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको काँग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । “यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय भएको छ”, उनले भने ।मङ्सिर १६ र १७ का लागि तय भएको सात प्रदेशको अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन समित

केन्द्रीय महाधिवेशनपछि मात्र काँग्रेस मकवानपुरको अधिवेशन

नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन सारिने भएको छ । बुधबार हेटौंडामा पत्रकारसँगको भेटघाटमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र केन्द्रीय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।जिल्लाका पदाधिकारी, सल्लाहाकार, पूर्वअध्यक्षहरू र नवनिर्वाचित महाधिवेशन प्रतिनिधि, संघीय र प्रदेश सभापति र प्रतिनिधिहरुको छलफलबाट सर्वसम्मत रुपमा निर्णय गरी प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन पछिमात्र जिल्ला अधिवेशन गर्ने नि