नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने बताएका छन् । एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउनेगरी खटिन निर्देशन समेत दिए । ‘मंसिर ४ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘जो, जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो