प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निर्वाचन आयोग परिसरमा पत्रकारहरुले यही प्रश्न गरे । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट संघीय निर्वाचन लड्ने सहमतिपछि आयोगमा यसबारे थप बुझ्न पुगेका उनलाई सञ्चारकर्मीहरूले प्रश्न गरिहाले–निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो ?जवाफमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । अघिल्लो निर्वाचनमा पनि उनले प्रधानमन्त्री बन्ने चाहनाका साथ चुनाव लडेका थिए । तर, उनी सञ्जय