बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको बुझिएको छ । गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ । केही देशको समर्थन र केही देश मौन रहेपनि रुसी आक्रमणका बारेमा अधिकांश देशहरूले विरोध नै जनाएका छन् । संयुक्त राष्ट्रसंघ लगायतका अन्तर