इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र युनाइटेडकाे बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले एक/एक गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा युनाइटेड र चेल्सीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । स्टामफोर्ड ब्रिजमा भएको खेलमा दोश्रो हाफको ८६औँ मिनेटमा चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिममा क्यासेमिरोले हेडर गोल गरेपछि युनाइटेड हारबाट जोगियो । समान ११ खेलमा चेल्सी २० अङ्कसहित चौथो र युनाइटेड १९ अङ्कसहित पाँचौँ स्थानमा छ।

सम्बन्धित सामग्री

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै

काठमाडौं, मंसिर ३० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ । त्यस्तै, सवा ११ बजे बर्नली र एभर्टन खेल्नेछन् ।

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । सिटी ६ खेलमा १८ अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा समान १३ अङ्क रहेकाे टोटनहम, लिभरपुल र आर्सनल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँच खेलमा १२ अङ्क...

प्रिमियर लिगमा न्युक्यासलसँग चेल्सी १–० गोलले पराजित

काठमाण्डाै -  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीलाई न्युक्यासलले हराएको छ । चेल्सी न्युक्यासलसँग १–० गोलले पराजित भएकाे हाे । जितसँगै न्युक्यासलको १५ खेलमा ३० अङ्क भएको छ । न्युक्यासल अङ्क तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै, लिभरपुलले साउथ ह्याम्पटनलाई ३–१ गोलले हराएको छ । जितसँगै लिभरपुलको १४ खेलमा २२ अङ्क भएको छ । लिभरपुल छैटौँ स्थानमा छ । अर्को खेलमा टोटनह्याम लिड्स युनाइटेडलाई ४–३ गोलले हरायो। १५ खेलमा २९ अङ्क रहेको टोटनह्याम अङ्क तालिकाको चौथो...

प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा घरेलु टोली चेल्सी १० खेलाडीमा समेटिन पुगेको थियो । कोनर गलाघेर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले ४ खेलबाट ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र बर्नली विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उपाधि होड कायमै राखेको छ । गएराति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एकमा झारेको छ । म्यानचेस्टर सिटी ८० अङ्कका साथ शीर्ष स्थानमा छ भने लिभरपुल ७९ अङ्कका साथ दोस्रो स्थानमा छ । घरेलु मैदानमा लिभरपुललाई जितलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक/एक गोल गरेका थिए । यस्तै, गएराति नै भएका अरु खेलमा चेल्सी र  बर्नली विजयी भएका छन्  भने ब्राइटन र साउथह्याम्टनले दुई/दुई  गोलको बराबर...

इङ्ग्लिस प्रिमियर लिग : न्युकासलले उल्भ्सलाई हरायो, आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १–० गोलले हराएको हो । न्युकासलका क्रिस उडले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ । न्युकासल १४औँ स्थानमा छ । उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ। उल्भ्स आठौँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् । आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला र टोटनह्य...

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी, वेस्टह्याम र आर्सनल विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा चेल्सीलाई जिताउन काइ हार्भट्जले खेलको ८९औँ मिनेटमा गोल गरे । यो गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५९ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ । न्युक्यासल भने ३१ अङ्क जोडेर १४ औँ स्थानमा छ । यस्तै गएराति नै भएको अर्को खेलमा वुल्भ्स, लिड्स युनाइटेड, वाट्फोर्ड, वेस्टह्याम र आर्सनल विजयी भएका छन् । लिड्सले नर्विचलाई, वेस्ट...

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले अङ्क बाँडे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ५० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६९ औँ मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अङ्क जोडेको छ । युनाइटेड १८ अङ्क जोडेर आठौँ स्थानमा रह...

प्रिमियर लिगमा आज तीन खेल हुँदै, युनाइटेड र वेस्ट ह्याम पनि आजै भिड्ने

काठमाडौं, ३ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति तीन वटा खेल हुँदैछन् । नेपाली समय अनुसार पौने सात बजे दुई खेल हुँदैछन् भने राति सवा नौं बजे एक खेल हुनेछ । ब्राइटन र लेस्टर सिटी साथै म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम बिचको खेल पौने सात बजे हुनेछ । त्यसैगरि चेल्सी र टोटनह्याम बिचको […]