प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा घरेलु टोली चेल्सी १० खेलाडीमा समेटिन पुगेको थियो । कोनर गलाघेर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले ४ खेलबाट ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । 

सम्बन्धित सामग्री

लेस्टर र एभर्टनको रोमाञ्चक बराबरी

एजेन्सी – लेस्टर सिटी र एभर्टनले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेको हो । लेस्टरका काग्लर सोयुन्कु र जेमी भार्डीले गोल गर्दा एभर्टनका डोमिनिक काल्भर्ट लेविन र एलेक्स इओवीले बराबरी गोल फर्काए । किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको १५औं मिनेटमा डोमिनिक […]

लेस्टर सिटी फुल्हमसँग पराजित

काठमाडौं । लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा फुल्हमसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा लेस्टर सिटी फुल्हमसँग १–० ले पराजित भएको हो । फुल्हमका लागि एलेक्सान्डर मित्रोभिचले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो । पराजित लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा छ भने जितसँगै […]

प्रिमियर लिगमा सात खेल हुँदै

लामो समय विश्राममा रहेको इङ्ग्लिस प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरु बक्सिङ डेसँगै सुरु हुने भएको हो । पहिलो दिन सात खेलहरु हुनेछन् ।साँझ सवा ६ बजे ब्रेन्टफोर्ड र टोटनहम भिड्दैछन् । यसैगरी पौने ९ बजे चार खेलहरू हुने तालिका छन् । लेस्टर सिटी र न्युक्यासल युनाइटेड, एभर्टन र उल्भ्स, क्रिस्टल प्यालेस र फुलहम तथा साउथह्याम्पटन र ब्राइटनबीच एकै समयमा प्रतिस्पर्धा हुनेछ । यसैगरी सवा एघारबजे एस्टन भिल्ला र लिभरपुलबीच प्रतिस्पर्धा हुँदा पौने दुई बजे आ

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र फुलहम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र फुलहम विजयी भएका छन् । राति भएको खेलमा लेस्टर सिटीले लिड्स युनाइटेडलाई २–० गोलले हरायो । खेलको १६ औँ मिनेटमा लिड्सका रोविन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता बनाएको थियो । खेलको ३५ औँ मिनेटमा लेस्टरका हर्भे बर्नेस्ले गोल थपे । त्यसपछि दुवै टोलीले गोल थप्न सकेनन् । जितसँगै तीन अंक जोडेको लेस्टर ११ खेलमा आठ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । लिड्स युनाइटेड १० खेलमा ९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा फुलहमले एस्टनभिल्लालाई ३–० गोलले हरायो । ख...

प्रिमियर लिगमा आर्सनलको लगातार तेस्रो जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ। गएरातिको खेलमा बर्नमाउथलाई ३–० गोलले पराजित गर्दै आर्सनलले लगातार तेस्रो जित निकालेको हो। आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने विलियम सालिबाले एक गोल थपे गरे। यो जितसँगै आर्सनल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ।गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी पराजित भएको छ।  लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले हराएक

प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् । त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा ...

प्रिमियर लिगमा आज तीन खेल हुँदै, युनाइटेड र वेस्ट ह्याम पनि आजै भिड्ने

काठमाडौं, ३ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति तीन वटा खेल हुँदैछन् । नेपाली समय अनुसार पौने सात बजे दुई खेल हुँदैछन् भने राति सवा नौं बजे एक खेल हुनेछ । ब्राइटन र लेस्टर सिटी साथै म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम बिचको खेल पौने सात बजे हुनेछ । त्यसैगरि चेल्सी र टोटनह्याम बिचको […]

एभर्टन र लेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटी विजयी भएका छन् । एभर्टनले घरेलु टोली ब्राइटनमाथि २–० को सहज जित हात पारेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा एभर्टनको जितमा डेमाराई ग्रे र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा डेमाराई ग्रेको गोलबाट एर्भटनले पहिलो हाफमा […]

लेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी। तेस्रो स्थानमा रहेको लेस्टर सिटी गएराती भएको इङ्लिस प्रिमियर लिगमा दश खेलाडीमा सिमित साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै लेस्टरलाई शीर्ष चारको लक्ष्यमा धक्का लागेको छ। साउथह्याम्पटनका जानिक बेस्टरगार्डले दशौं मिनेटमै रातो कार्डको सामना गरेका थिए। ६१औं मिनेटमा जेम्स वार्ड–प्रोजले पेनाल्टीमा गरेको गोलबाट साउथह्याम्पटनले अग्रता लियो। लेस्टरका जोनी इभान्सले ६८औं मिनेटमा गोल गरे। साउथह्याम्पटन १४औं स्थानमा छ।

लेस्टरविरुद्ध आर्सनलको पुनरागमन जित

१६ फागुन, काठमाडौं । लण्डन क्लब आर्सनलले प्रिमियर लिगमा लेस्टर सिटी विरुद्ध पुनरागमन जित हात पारेको छ । आइतबार एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले तेस्रो स्थानको लेस्टरलाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलको छैटौं मिनेटमै युरी थिलेमान्सले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा आर्सनलका लागि […]