कैलाली: सरकारले ल्याएको बजेटमा असहमति जानाउदै आएका प्रतिपक्षी दलले सुदूरपश्चिम प्रदेश बैठकमै नाराबाजी गरेका छन्। प्रदेश सभाको बैठक सुरु भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराउन साथ प्रतिपक्षी सांसदहरूले उठेर रोष्ट्रम अगाडि पुगी नाराबाजी गरेपछि बिहीबारको बैठक पनि अवरुद्ध भएको हो।
यसअघि बैठक सञ्चालन गर्ने तीन प्रयास असफल भइसकेका छन्।