बेदकोट– कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । ‘नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न […]