महिला साफ च्याम्पियनसिपमा बङ्गलादेश सेमिफाइनलमा, पाकिस्तान ६–० गोलले पराजित

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेश सेमिफाइनलमा पुगेको छ । काठमाण्डौको दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलले हराएको हो ।बङ्गलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक/एक गोल गरे । सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन् । बङ्गलादेशको लगातार यो दोस्रो जित हो ।पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो । पाकिस्तानको लगातार यो दोस्रो हार हो । पाकिस्तान भारतसँग ३&nda...

सम्बन्धित सामग्री

महिला साफमा आज श्रीलङ्का र भुटान खेल्दै

काठमाण्डौ - काठमाण्डौमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो । भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साव...

यू-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीकाे बिदाई

काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले भुटानमा हुने यू-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीलार्इ बिदाई गरेको छ । आगामी सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । जसमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् । नेपालले पहिलो खेल सेप्ट...