प्रचण्ड र माधव नेपाल गद्दार हुन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् । उनले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको बताए ।शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’साथै उनले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको टिप्पणी समेत गर्न भ्याए । उनले भने,

सम्बन्धित सामग्री

पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर एमाले महासचिव पोखरेल स्वदेश फर्किँदै

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् । पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । चिनियाँ […]

प्रचण्डले आफैंलाई धोका दिए, परीणाम केही समयपछि थाहा हुन्छ : महासचिव पोखरेल

काठमाडौं, २ बैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले आफैलाई धोका दिएको र त्यसको परीणाम केही समयपछि थाहा हुने दाबी गरेका छन्। एमालेले संचालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत आज (शनिबार) हेटौँडामा बोल्दै महासचिव पोखरेलले प्रचण्डले आफैलाई धोका दिएको र त्यसको परीणाम केही समयपछि थाहा […]

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गरे । उनले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । महासचिव पोखरेलले […]

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट : महासचिव पोखरेल

काठमाडौँ,१६ माघ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु हो भने । “राष्ट्रिय सहमति कायम […]

एमाले प्रतिपक्षमा बस्छ : महासचिव पोखरेल

काठमाडौँ,३ पुष । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने स्पष्ट पारे । “एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उनले भने, “अहिलेको जनादेश […]

जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल

काठमाडौँ,२४ भदौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताए । उनले भने, “स्थानीयस्तरमा […]

लेखक–कलाकारमा जनताको मनस्थिति बदल्ने सामर्थ्य हुन्छ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् ।राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको राजनीतिक, वैचारिक र सांस्कृतिक प्रशिक्षणलाई  सम्बोधन गर्दै उनले जनजीविकाका सवाल र समृद्धिको यात्रामा अग्रगामी विचार र पक्षधरलाई स्रष्टाहरूले साथ दिई मुलुकको स्थायित्व र विकासका लागि योगदान दिन सक्नुपर्नेमा पनि जोड दिए । महासचिव पोखरेल

सभामुखमाथि खनिए एमाले महासचिव पोखरेल

काठमाडौं, २८ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुखले सरकारी विजनेश रोक्नु गलत भएको बताएका छन् । पछिल्लो समय एमसीसी सदनमा टेबुल गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोकिरहेको भन्ने चर्चा चलिरहेको बेला पोखरेलको यस्तो भनाई आएको हो । उनले एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना सभामुखले लुकाउनु र सरकारी विजनेश रोक्नु उस्तै भएको […]

‘अर्ली इलेक्सन’मा नेकपा(एमाले)को असहमति होइन : महासचिव पोखरेल

काठमाडौँ, ७ माघ: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरूको असहमति अर्लिइलेक्सनप्रति नभएको स्पष्ट पारेका छन् । आज (शुक्रबार) सामाजिक संजाल फेसबूकमार्फत उनले एमालेको असहमति अर्लिइलेक्सनमा नभई सत्ता गठबन्धनको कुनियतमा भएको बताएका हुन् । उनले लेखेका छन्, ‘नेकपा एमालेको असहमति अर्लिइलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा एमालेको चाहना नै हो। […]

एकता जोगाउन महासचिव पोखरेल सक्रिय, बालुवाटारबाट सिधै राष्ट्रपति निवास

काठमाडौं। एमाले एकता जोगाउने प्रयास्वरुप महासचिव ईश्वर पोखरेलले सक्रियता देखाएका छन्। बिहीबारदेखि नै महासचिव पोखरेल माधव नेपाल पक्षका नेता योगेश भट्टराई, गणेश पहाडी र गोकर्ण विस्टलगायतका नेतासँग छलफलमा छन्। केहीबेरअघि बालुवाटार गएका पोखरेल अहिले राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। माधव नेपालसँगको सहमतिको विन्दु के हुनसक्छ भन्नेबारे दुवैपक्षका नेताहरू छलफलमा छन्।