काठमाडौं : १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा अफ्रिकन रुट एसोसियसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो।ए डिभिजन क्लबले इतिहास रचेर पहिलो पल्ट उपाधी जित्दा गोलरक्षक राजाबाबु थापा नायक बने। उनको उत्कृष्ट बचाउको मद्दतमा संकटाले फाइनलमा अफ्रिकन रुटलानई निराश बनाएको हो। सेमिफाइनल र क्बार्टरफाइनलमा पनि उत्कृष्ट बचाउ गर्दै आएका उनले फाइनलमा उपाधी दिलाउन पेनाल्टि बचाएका थिए