काठमाडौँ। धादिङ र गोरखा जिल्लालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा नेपाली सेनाले बेलीब्रिज निर्माण गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले साविक पुलको गोरखातर्फको खण्ड बगाएपछि यातायात ठप्प बनेको थियो। नागरिकको सास्तीलाई ध्यानमा राख्दै सेनाले असोज ३१ गतेदेखि बेलीब्रिज जडानको काम सुरु गरी कात्तिक १ गते […]
काठमाडौँ। दसैँको अवसरमा सार्वजनिक सवारीसाधनको अभाव झेल्नुपर्ने सर्वसाधारणको सास्तीलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। दसैँका बेला उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून चल्ने भएकाले नागरिकलाई गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका अनुसार निःशुल्क बस […]
काठमाडौँ। सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा चर्चित गायिका एवं समाजसेवी आनि छोइङ डोल्मालाई नियुक्त गरेपछि त्यसको विरोध सुरु भएको छ। ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त नियुक्ति तत्काल रद्द गर्न सरकारसँग जोडदार माग गरेको छ। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई कोषको […]
काठमाडौँ। पेरिससहित फ्रान्सका मुख्य सहरहरूमा महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध भएको विशाल प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्सेली प्रशासन तथा राजनीतिक वृत्तमा ठूलो हलचल पैदा भएको छ। देशका धेरै सहरहरूमा स्थिति प्रहरीको नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्सका गृहमन्त्री लोरँ न्युनेजले स्थितिको गम्भीरता आकलन गर्न प्रशासन असफल भएको स्वीकार गरेका छन्। गृहमन्त्री न्युनेजले पदबाट राजीनामा दिने प्रस्ताव गरे पनि […]
काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ । ओमानको अल अमेरत मैदानमा सोमबार सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध जित निकाल्दै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । जितका लागि पाएको २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन […]