रास्कोट रङ्गशालाको निर्माणकार्य अलपत्र

रास्कोट नगरपालिका निर्माणधीन रास्कोट रङ्गशालाको काम यतिवेला अलपत्र अवश्थामा छ। पञ्चवर्षीय योजनाका रूपमा लिइएको सो रङ्गशाला निर्माण सुरु भएको दुई वर्षमै अलपत्र परेको छ।...

सम्बन्धित सामग्री

निर्माणाधीन गमगढी-नाक्चेनाङ्ला सडक अलपत्र

मुगु– अठार वर्षदेखि कामको सुरुआत गरिएको मुगुलाई तिब्बतसँग जोड्ने गमगढी–नाक्चेनाङ्ला सडक १८ किलोमिटर मात्र निर्माण भएको छ । मुगुको गमगढीदेखि चीनको नाक्चेनाङ्लासम्मको ८५ किमी लम्बाइको उक्त सडकअन्तर्गत हालसम्म १८ किमी मात्रै निर्माण भएर अलपत्र परेको हो । निर्माणकार्य सुस्त गतिमा हुँदा स्थानीयको वर्षौँदेखिको गाडी चढ्ने सपना अझै पूरा हुन सकेको छैन। यो सडक नबन्दा मुगुमकार्मारोङ […]

कानेपोखरीको भलुवा सिमसार अलपत्र

पथरी, २५ साउन । मोरङको कानेपोखरी गाउँपालिकाको वडा नं-७ स्थित शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माणकार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यस्थल बनाउने भन्दै २०७८ मङ्सिर ७ मा तत्कालीन गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले शिलन्यास गरेका थिए । उक्त सिमसारको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पाँच करोड विनियोजन गरिएको थियो […]

अलपत्र मालढुंगा-बेनी सडकको काम सुरु गर्ने सहमति

निर्माण व्यवसायीले काम रोकेपछि करिब दुई महिनादेखि अलपत्र बनेको राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गतको मालढुंगा–बेनी सडकको निर्माणकार्य अघि बढ्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सरोकारवालाको बैठकले तत्काल काम सुचारु गर्ने निर्णय गरेको हो । निर्माणकार्य अलपत्र हुँदा बाटोमा यात्रा गर्न निकै असहज भएको गुनासो चुलिएपछि जलजला गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालयमा बैठक […]

महुरे–फोक्सिङटार सडक खण्ड अलपत्र

सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार ४९ किमि सडक कालोपत्रे निर्माणकार्य दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदारका कारण उदयपुर–गाईघाट–दिक्तेल–सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र अवस्थामा रहेको हो ।सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडक खण्ड २०७७ साल असारमा पूरा गर्ने गरी भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभी तथा देवनारायण पवन/मैनाचुली खाम्पाचे जेभीले ठेक्का लिएको २२ किलोमिटर सडकको कालोपत्रे काम अलपत्र अवस्थामा […]

मुगुमा आधा दर्जन टेलिकम टावर अलपत्र

मुगुको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले जिल्लामा अलपत्र अवस्थामा रहेका टेलिकम टावर दसैंभित्र  निर्माणकार्य पूरा गर्न ठेकेदारलाई दबाब दिएका छन्। सोरु गाउँपालिकाको नार्थपु लामाकाडा र कच्चेकोट...

मनाङमा दुईवटा मोटरेबल पुलको निर्माणकार्य वर्षौँदेखि अलपत्र

मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी...

वर्षौंदेखि दुईवटा मोटरेबल पुल निर्माणकार्य अलपत्र

लमजुङ- जिल्ला प्रशासन कार्यालय मनाङले वर्षौंदेखि अलपत्र दुईवटा मोटरेबल पुल निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत मस्र्याङ्दी नदीमा निर्माणाधीन दुईवटा मोटरेबल पुलको काममा ढिलाइ भएपछि प्रशासनले ताकेता गरेको हो ।जिल्लाको ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न […]

दुई मोटरेवल पुल निर्माणकार्य अलपत्र

लमजुङ । वर्षौंदेखि अलपत्र परेका दुईवटा मोटरेवल पुलको निर्माणकार्य तत्काल सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गतका मस्र्याङ्दी नदीमा निर्माणाधीन दुईवटा मोटरेवल पुलको काम निर्माणमा ढिलाइ भएपछि प्रशासनले ताकेता गरेको हो । ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेवल पुल निर्माण शुरु भएको वर्षों बितिसक्दा […]

बेनी अस्पताल भवन अलपत्र

म्याग्दीको बेनी अस्पतालको भवन निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई वर्षदेखि भवन अलपत्र परेको छ । २० महिनाअघि नै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीहरूको विवाद अदालत पुगेपछि अधुरो भवन निर्माणकार्य पनि अन्योलमा परेको हो । कोभिडको उच्च जोखिम रहेको सदरमुकाम बेनीमा अस्पतालको बिरामी उपचार […]

सम्झौताको तीन वर्षसम्म पुल निर्माण अलपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभुली–पर्सिया जोड्ने पुल ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुलको निर्माणकार्य अलपत्र पर्दा ठेक्का सम्झौता सम्पन्न भएको तीन वर्षसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो ।वि.सं २०७२ सालमा पुलको ठेक्का सम्झौता भएर २०७२ सालकै पुस २५ देखि सुरु भएको पुलको निर्माणकार्य झण्डै तीन वर्षदेखि ठप्प […]