काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ३३ दिनमा फिल्म सकिएको हो । काठमाडौं र पोखरामा खिचिएको फिल्मको निर्माता तथा निर्देशक रमेश एमके पौडेल हुन् । केही फिल्म निर्माण गरेका पौडेलको निर्देशनमा भने यो डेब्यु फिल्म हो । फिल्म निर्माणको अनुभवलाई निर्देशनमा खन्याएको पौडेलले बताए ।फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायाँकार शिव ढकाल र नृत्य निर्देशक रामजी ल