४ मतदान स्थलका ६ केन्द्रमा पुनः मतदान सम्पन्न

काठमाडौं : शुक्रबार मतदान स्थगित भएका ४ मतदान स्थलमा आज पुनः मतदान भएको छ।आज पुनः मतदान भएका सबै ४ मतदान स्थलका ६ वटा केन्द्रमा सामान्य तवरले मतदान सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए।उनका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता मावि, कालिकोटको रास्कोट गाउँपालिकास्थित रमालमस्टो मावि र पचाल झरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा आज पुनः मतदान भएको हो। बझाङको जयपृथ्वी नगरपालिकास्थित सुनिपीपल चौर माविमा पनि आजै मतदान सम्पन्न भएको छ।आयोगले गत शुक्रबार स्थग

सम्बन्धित सामग्री

दोलखामा बिहीबार राति ९ बजेदेखि मतगणना हुने

काठमाडौंः बुथ कब्जाका कारण पुनः मतदान भएको दोलखामा बिहीबार रातिबाट मतगणना हुने भएको छ। वैत्यश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका चार मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकले आजैबाट मतगणना गर्ने सहमति गरेको हो।  बिहीबार राति ९ बजेबाट प्रत्यक्षतर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।  बिहीबार…

दोलखाकाे पुनः मतदान सम्पन्न

दाेलखा । मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान स्थलमा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । वैत्यश्वर गाउँपालिकाको वडा नम्बर २ जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र अन्तर्गतका क र ख मतदान स्थल, वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्र अन्तर्गतका क, ख, ग मतदान स्थल तथा वडा […]

सुर्खेत सिम्तामा मतदान सम्पन्न, ६८ प्रतिशत मत खस्यो

यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान कार्य सम्पन्न भएको छ । सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा मतदान […]

सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः भएको मतदान सम्पन्न

काठमाडौँ- यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान सम्पन्न भएको छ । सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा मतदान […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी कमिटी र १५६ सदस्यीय पोलिटब्युरोको टुंगो लगाएको छ।यसअघि स्थगित बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार पुनः मतदान सम्पन्न भएको छ। साउनभित्र प्रहरी समायोजन गरिसक्न संघलाई प्रदेश सरकारहरुले अल्टिमेटम दिएका छन्। सांसदहरुले किसानले मल र जनताले नागरिकता नपाएका गुनासो गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन्। नेपाल क्यानडासँग ८३ रनले पराजित भएको छ।

बाजुराको बुढीगंगामा सकियो मतदान

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान सकिएको छ। बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले बताए।गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचन सकिएको दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो।बिहीबार

बूढीगङ्गामा मतदान कि मतगणना भन्ने विवाद कायमै

बाजुरा जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ । एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ ।  नेकपा एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दासमेत आयोग अनिर्णित  हुँदा मतदातामा निराशा छाएको छ । वैशाख ३१ गते मुख्य न

बरहथवा १७ मा जेठ ३ गते पुनः मतदान हुने

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ । नगरपालिकामा रहेका सम्पूर्ण वडाको मतदान सम्पन्न भइसकेता पनि वडा नम्बर १७ मा झडप हुँदा मतदान स्थगित गरिएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय बरहथवाले […]

कांग्रेस अधिवेशन– बागमतीमा दोस्रो चरणको मतदान सम्पन्न, रातिसम्म नतिजा आउने

पहिलो चरणको निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिका लागि आइतवार दोस्रो चरणको निर्वाचन भएको छ ।  संस्थापन पक्षका इन्द्र बानियाँ र संस्थापनइतर समूहका जगदिश्वरनसिंह केसीबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणको मतदानमा तेस्रो स्थानमा पुगेका भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका छन् ।  शनिवार भएको मतदानमा संस्थापन पक्षका बानियाँले धेरै मत प्राप्त गरेपनि सभापतिका लागि आवस्यक ५१ प्रतिशत भोट नल्याएकाले आइतवार पुनः मतदान भएको हो ।  मतदान सम्पन्न भएको र आइत...