माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरू ‘संसदीय मर्यादा कायम गर’ भन्ने नारा लगाउँदै संसद्को वेलमा आएका थिए ।
सभामुख सापकोटाले प्रतिनिधि सभामा भइरहेको नियमित अवरोधले संसद्ले गर्नुपर्ने नियमित काम प्रभावित भएको भन्दै बैठक सुचारु गर्न आग्रह गरे । ‘आफ्नो कुरा राखेर बैठक सञ्चालनमा आवश्यक सहयोगका लागि अ...