प्रचण्ड-नेपाल समूहले कारबाही गरेपछि शान्ता चौधरीको प्रतिक्रियाः पाहुनाले जा भन्न सक्दैनन्

काठमाडौं । नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी नेत्री शान्ता चौधरीले प्रचण्ड-नेपाल पक्षले आफूहरुलाई कारबाही गर्न नसक्ने बताउनुभएको छ । आफूहरुलाई कारबाही गर्ने हैसियत दाहाल–नेपाल समूहसँग नभएको चौधरीको दाबी छ । बुधबार प्रचण्ड-नेपाल पक्षले ओली समूहका सात जना नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सो दबाट हटाउनुका साथै केन्द्रीय सदस्यहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको थियो । नेकपा ओली समूहकी सचेतक शान्ता चौधरीले आफूसहित ७ जना नेतालाई दाहाल–नेपाल समूहले कारबाही गरेको विषयमा प्रतिक्रिया दिनुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ, ‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं, घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन ।’

सम्बन्धित सामग्री

दाङ-१ मा मेटमणिको अग्रता, शान्ता चौधरी पछ्याउँदै

५ मंसिर, दाङ । नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले दाङ-१ मा शुरुवाति अग्रता लिएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार चौधरीले ८९ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेका शान्ता चौधरीले ५० मत पाएकी छन् ।

शान्ता चौधरी

दाङ, लक्ष्मीपुरकी शान्ता चौधरी २५ वर्षसम्म जमिनदारको घरमा कमलरी बनेपछि विद्रोह गरेर राजनीतिमा उदाएकी साहसी महिलाको रुपमा चिनिनुहुन्छ । उहाँ नेपालको पहिलो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो । आफू कमलरीबाट उम्किएपछि उहाँले अरु १७ जना कमलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिदिनुभएको थियो । दुई सन्ता...

शान्ता चौधरी : प्रतिकूल अंकगणितमा प्रत्यक्षतर्फ पहिलो जितको प्रयास

८ वर्षको उमेरबाट जमिनदारको घरमा कमलरी बस्न बाध्य शान्ता चौधरीले बाल्यकालमा लेखपढ गर्न पाइनन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संलग्नतामा दाङसहितका जिल्लामा कमलरी मुक्ति आन्दोलन सुरु भएपछि १८ वर्षपछि उनी पनि मुक्त भइन् । कमलरी मुक्ति आन्दोलनपछि शान्ता चौधरी भूमिहीन आन्दोलनमा लागिन् । आन्दोलनको अनुभव र त्यसक्रममा पाएको प्रशिक्षणले उनलाई लेख्न, पढ्न र बोल्न सक्ने बनायो […]

एमालेद्वारा दाङ–१ बाट शान्ता चौधरीसहित तीन जनाको नाम सिफारिस

दाङ – नेकपा एमालेले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जनाको नाम सिफारिस भएको छ। रेवतीरमण शर्मा, शान्ता चौधरी र गंगा थारुको नाम सिफारिस भएको हो। एमाले क्षेत्र नम्बर १ को आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेको हो। शान्ता चौधरी नेकपा एमालेकी सचेतक हुन् भने गंगा थारु समानुपातिक बाट सांसद […]

बजेट केही मान्छेको भूँडी सुधार हुनेगरी आयो : शान्ता चौधरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि केही मान्छेको भूँडी सुधार हुनेगरी आएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको विभिन्न शिर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले सरकारले भूमि व्यवस्थालाई सुधार गर्ने […]

बजेटले केही मान्छेको भुँडी सुधार गर्छ : शान्ता चौधरी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्नेभन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गरेकी छन् ।सोमबार प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले सरकारले भूमि व्यवस्थालाई सुधार गर्ने भन्दापनि आफ्नो पार्टीका कार्यकर्ताहरूको भुँडी सुधार्ने गरी बजेट ल्याएको बताएकी हुन् । बजेटमा गरिबलाई परिचय पत्र वितरण गर्ने उल्लेख गरिएको भ

गठबन्धनका दलहरूले राजनीतिकै बेइज्जत गरे : शान्ता चौधरी

नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवम् सचेतक शान्ता चौधरीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले राजनीतिकै बेइज्जत गरेको टिप्पणी गरेकी छन् ।  एमसीसीको विरुद्धमा आन्दोलनमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता कार्यकर्ता सडकमा आएपछि पोलिटब्युरो सदस्यले यस्तो टिप्पणी गरेकी हुन् ।  उनले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सत्ता, सडक र सदन सबै एकैचोटी चाहिने भन्दै प्रश्न समेत गरेकी छन् ।  उनले भनेकी छन्,सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी? दोहोरो चरित्रको पराकाष्टा भयो, कि सत्ता छाड्नुस् कि सड...

संसद अवरोध गर्ने काम पार्टीको बाध्यता : शान्ता चौधरी

काठमाडौं, मंसिर २८ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताउनुभएको छ । एमाले संसदीय दलले कारबाही गरेका सांसदको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको उहाँको टिप्पणी छ । […]

१२ कक्षाको परीक्षा सकाएपछि शान्ता चौधरीले यस्तो भनिन् (फोटोसहित)

नेकपा एमालेका सांसद शान्ता चौधरी राजनीतिमा पहिचान बनाउन सफल भएपनि अध्ययनलाई अघि बढाउन पनि क्रियाशील रहेकी छन।

सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर पनि एसईई दिँदै

विभिन्न कारणले उमेर हुँदा शान्ता चौधरी र करिश्मा मानन्धरले पढ्न पाएनन् तर औपचारिक शिक्षाको भोकले उनीहरूलाई विद्यालयतिर डोर्‍यायो।