एजेन्सी। इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा गएराति भएको खेलमा सिटीले युनाइटेड ३–० गोलले पराजित गरेको छ। आइतबार राति भएको खेलमा सिटीका लागि अर्लिङ हालान्डले ५३ र ६८ मिनेटमा दुई गोल गर्दा फिल फोडेनले १८ मिनेटमा गोल गरेका थिए। हालान्डले दुई गोल गर्नुअघि फोडेनले अग्रता दिलाउदा सिटी घरेलु मैदानमा सहज स्थितिमा देखियो। जितसँगै ४ खेलबाट ६ अंक जोडेको […]
लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन भएको छ। उनी ४६ वर्षका थिए। ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला परेका हुन्। ग्रेटर म्यानचेस्टर प्रहरीले उनको मृत्युलाई शङ्कास्पद रूपमा नलिएको बताएको छ। “स्थानीय जनप्रतिनिधिले प्रशासनलाई आइतबार बिहान ६ः४५ बजे दिएको सूचनामा ४६ वर्षीय ह्याटन हाइडस्थित आफ्नै घरमा टेमसाइडमा मृत भेटिएको खबर […]
पर्सा। गतहप्ताको आन्दोलनबाट वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगञ्जको कार्यालयमा तोडफोड र आगजनीबाट रु तीन करोड बराबरको क्षति भएको छ। यही भदौ २४ गतेको आन्दोलनको भीडकोे सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो। नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिमकको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्वपूर्ण उपकरणमा करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको जानकारी […]
एजेन्सी - बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ६-० को फराकिलो जित दर्ता गरेको छ। साविक विजेता टोललीका लागि फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले समान २ गोल गरे। २९ औं मिनेटमा लोपेजले फेरान टोरेसको पासमा पहिलो गोल गरे। त्यसपछि ५३ औं मिनेटमा रासफोर्डको क्रसबाट राफिन्हाले गोल गरे। लोपेजले ५६ औं बक्स बाहिरबाट तेस्रो गोल थपे भने