काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो साउन १ गते शुक्रवारदेखि अवैध मोबाइल बन्द गर्ने भएको छ । कर नतिरी सस्तोमा मोबाइल पाउँदैमा किन्नुभयो अथवा कतै भेट्टाएर आफैँ प्रयोग गर्न थाल्नुभयो भने त्यो मोबाइल बन्द हुने सम्भावना रहन्छ । विदेशबाट उपहारस्वरुप आएका मोबाइल भने नेपालमा दर्ता गर्नुपर्ने हुन्छ । प्राधिकरणकाअनुसार नेपालभित्रैका आधिकारिक बिक्रेताबाट किनेको मोबाइल पहिले नै दर्ता भैसकेको हुन्छ, फेरि दर्ता गर्नु पर्दैन । तर विदेशबाट ल्याइएका मोबाइल पहिले नै दर्ता नहुने भएकाले त्यस्ता मोबाइलको भने अनिवार्य दर्ता गर्नुपर्ने...