१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर बालेन साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ […]