नेपाल विकासका प्रमुख चार सूत्र

नेपालको राजनैतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्ने हुन्छ । हामी दुईजना मिलेर ७७ वटै जिल्लामा देश विकासका लागि के-कस्ता सम्भावना छन् र के-के गर्न सकिन्छ भनी वस्तुगत भ्रमण गरेका छौं ।नेपालजस्तो भौगोलिक अवस्था र भू-परिवेष्टित अल्पविकसित देशको विकासका लागि अरु देशको विकास मोडेल ल्याउन आवश्यक छैन‚ […]

सम्बन्धित सामग्री

व्यापार घाटा कम गर्ने सूत्र

नेपाल कृषि प्रधान मुलुक हो। त्यसैले कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना बढी हुनुपर्ने हो तर विडम्बना नै भन्नुपर्छ, कृषि प्रधान मुलुककै जनताका लागि खाद्यान्न अपुग भएर बर्सेनि लाखौँ हैन, अरवौँ रुपियाँको आयात गर्नुपर्ने स्थिति छ।...

सरकारका राजस्वसम्बन्धी प्रणालीमा प्राविधिक समस्या, राजस्व संकलन प्रभावित

४ वैशाख, काठमाडौं । नेपाल सरकारका राजस्वसम्बन्धी विभिन्न प्रणालीहरुको सर्भर डाउन भएको छ । जसले गर्दा सोमबार बिहानैदेखि राजस्व संकलनको काम प्रभावित बनेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबार बिहानैदेखि आरएमआईए, टीएसए, सीजीएएस, सूत्र, पीएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या आएको हो । यो समस्या १ बजेसम्म रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबार बिहान […]

लुम्बिनीको सफलताको सूत्र- राम्रो व्यवस्थापन

२४ पुस, काठमाडौं । नेपाली क्रिकेट जगतको सबैभन्दा ठूलो भनिएको नेपाल टी–२० लिगको फाइनल पुग्ने एउटा टिमको टुङ्गो लागेको छ । आइतबार भएको पहिलो क्वालिफार्यसमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी अलस्टार्स फाइनल पुगेको छ । फाइनल पुगेपछि टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टिमको राम्रो व्यवस्थापन नै टिमले राम्रो प्रदर्शन गर्नुको कारण रहेको बताएका छन् […]

पाण्डे दम्पतीको 'सफलताका सूत्र' सार्वजनिक

काठमाडौं : लेखकद्वय डा. नम्रता पाण्डे र  डा. प्रद्युम्नराज पाण्डेको निबन्ध संग्रह लोकार्पण गरिएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकको लोकार्पण गरिएको हो।निबन्धसंग्रह ‘सफलताका सूत्र’ पुस्तकको माध्यमबाट सबैमा सफल जीवनको माग निर्देशन गरिएको छ। विगतमा अन्य विभिन्न बिषयमा पुस्तकमार्फत ज्ञान दिँदै आएका दम्पतीले यस पटक भने यो कृति मार्फत जीवनलाई सफल बनाउने सूत्र समेटेको छ।पुस्तकका बारेमा लेखिका डा. नम्रता पाण्डे भन्छिन्, 'पाठकले आफ्नो जीवन बुझ्नका लागि यो पुस्तक लेखि

सूर्यलाल महर्जनको यस्तो छ समृद्ध वडा बनाउने सूत्र

काठमाडौं, १९ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर २ को अध्यक्षका नेपाली कांग्रेसका उम्मेद्धवार सूर्यलाल महर्जन चुनाव जित्नेमा विश्वस्त छन् । विगत लामो समयदेखि समाजसेवामा सक्रिय महर्जन वडावासीहरुमाँझ लोकप्रिय छन् । उनको व्यक्तित्व नै निश्पक्ष, निडर, अनुशासित, विवेकी, सिर्जनशील छ । आफ्नो उम्मेद्धवारीबारे महर्जनले रिपोर्टर्स नेपाल डटकमसँगको […]

धनी बन्ने सूत्र

अहिले सबैलाई रातारात धनी बन्नु छ । जान्नेहरूले त कमाइरहेकै छन् । नदी, बगर, खोलामाथि नै सही सपनाका महल पनि ठड्याइरहेकै छन् । यो लेखक जस्ता नजान्नेहरू चैं समुन्नतिका किनारामा बसेर अरूको प्रगतिको महलमुनि थुक निलेर हेरिरहेका छन् । आफूले नजाने पनि धेरै धन कमाएकाहरूसँग संगत गर्दा गर्दै छिट्टै धनी बन्ने केही सूत्र भने फेला पारेको छु, तपाईंलाई पनि सुटुक्क भन्छु है ! सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । विना लगानी रातारात नाम र दाम कमाउने सबैभन्दा सजिलो पेशा चैं लाजनीति सरी राजनीति नै हो । यसमा केवल एउटा खुवी भए पुग्छ– त्यो हो सपना बेच्ने । तपाईं जति ठूलो सपना बेच्न सक्नुहुन्छ, त्यति नै ठूलो पदमा पुग्न सक्नुहुन्छ । अनि जति ठूलो पदमा पुग्नुहुन्छ, त्यति नै धेरै पैसा कमाउनु हुन्छ । त्यसैले त टोले गुण्डाहरू अलिकति पैसा कमाएपछि थप कमाउन जसरी पनि राजनीतिमा छिर्छन् र पद हात पार्छन् । नत्र अर्बपति समेत राजनीतिमै छिर्न मरिहत्ते किन गर्थे त ? आफ्ना रगतमा राजनीति छैन भन्ने लाग्छ भने व्यापारमा पनि अपार पैसा हुन्छ है ! तर यसका लागि धन्धा गर्न जान्नुपर्छ । नत्र सरकार, राजस्वका कर्मचारी त मोटाउलान्, तर तपाईंको ढुकुटी चाहिँ मोटाउँदैन है ! त्यसैले व्यापारमा मालामाल हुनु छ भने विदेशबाट सुन मगाउनुस्, सुपारी झिकाउनुस् या पाम आयल आयात गर्नुस् । त्यो यहाँ आएपछि त्यसमा ‘मेड इन नेपाल’को ट्याग झुन्ड्याउन नबिर्सनुस् । अनि त्यसमा यति र उति भ्यालू एडिसन भएको भनेर लेबल पनि टाँस्नुस् र सरकारबाट छूट फुत्काउनुस् । अनि बेच्नुस् भारतमा । अन्य छिमेकी देशमा बेच्न त भारतको असल मित्रताले बाटो नै दिँदैन । यूरोप, अमेरिकातिर बेच्न चैं गुणस्तरको कुरा ल्याउँछन् गोरा मोराहरूले । हैन, काँ यो व्यापार स्यापारमा लाग्नु भन्नुहुन्छ भने घरजग्गामा लाग्नोस् । जग्गामा लगानी गर्ने पैसा छैन भने पनि चिन्ता नलिनोस् । दलाली शुरू गर्नोस् । दलाली भन्ने शब्दसँग नझस्कनोस् । किनकि यहाँ पाए र भ्याएसम्म मै हूँ भन्नेले पनि जग्गा दलाली गरेर कमिशन कुम्ल्याउन बाँकी राख्दैनन् । छोराले बाबुसँग पनि दलाली भाग खाने युगमा अरू के कुरा गर्नु ? ‘पैसा देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ’ भन्छन् । यहाँ को र कुन काममा छैन दलाली ? अझ विदेशीका पैसामा खुलेका वा चलेका कतिपय मिडिया वा पार्टी नामधारी कतिपय पसलभित्र निहारेर हेर्नुस् त, त्यहाँभित्र के के देखिन्छ । त्यसैले होला हाम्रा बाउबाजेले सकेदेखि माटोमा पैसा खन्याउनू, उम्रन्छ भन्थे । सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । तर जसलाई समात्न हिँडेको हो, आवेशमा ऊभन्दा छिटो कुद्न खोज्दा आफै लड्न नि बेर लाग्दैन है ! तपाईं भन्नुहोला कृषिप्रधान देश, जहाँ १५० मुलुकबाट वर्षमा झन्डै ४ खर्बको खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ, त्याँ जग्गा जमिन प्लटिङ गर्दै बेच्नु त ठीक होइन । हेर्नुस्, उद्देश्य त जसरी पनि पैसै कमाउनु न हो । जमिनमा तरकारी, खाद्यान्न फलाउन मल, बीउ, पानी छैन । काम गर्नेहरू सबै जवानी बेच्न मुग्लानतिर पसिसके, थप खुट्टा उचालेर बसेका छन् । अनि कसले गर्ने खेती ? बरु प्लटिङ गर्‍यो बेच्यो । विदेश जान ५ लाखमा जग्गा बेच्यो र पछि पैसा कमाएपछि त्यस्तै जग्गा २५ लाखमा किन्यो । यस्तो पो त तरिका । सरकारलाई राजस्व आउने, किन्ने, बेच्ने र बिचौलियाले टकाटक नगद पाउने व्यापार गर्न छाडेर केको खेती गर्ने नि ! तरकारी–सरकारी त त्यै जग्गा बेचेको पैसाले किनेर खाए भैहाल्छ नि । त्यसो भए सरकारले वर्षौंदेखि कृषिमा दिइरहेको अनुदान, सहुलियत ऋण कहाँ गयो भन्नुहोला । यी अनुदान, छूट सबै चुनावी रेल हुन्, जुन पटरी नबिछ्याइकनै चल्छन् । यसबाट कुनै कृषि रेल कुदाउनु नै छैन । अँ, पैसा कमाउने यसमा पनि काइदा रहेछ । झोलामै खोल्नोस् झोले कृषि कम्पनी, आफ्ना परिवारका सबै सदस्यको नाम शेयर होल्डरमा राखेर । लिनोस् बैंकबाट सस्तो ब्याजमा ऋण । सरकारी अनुदान पनि पाउन सक्नुहुन्छ । त्यै पैसा लगेर राख्नोस् कुनै सहकारीमा । बैंक पनि खुशी, तपाईं पनि खुशी । कृषिमा पनि जाँगर चल्दैन भने नेपालमा शेयर बजार जत्तिको सुरक्षित र भरपर्दो लगानीको क्षेत्र अन्त कतै छैन है ! घरै बसी कुटुकुटु नगद झर्ने । २–४ हजारमै बजारमा छिर्न सकिने, खल्तीमा सुको छैन भने पनि बैंकले मार्र्जिनमा लगानी गर्दिने । अझ आईपीओ चिट्ठा परे तुरुन्तै २ को शेयर कमसेकम ४ मा बेच्न सकिने । आफ्ना लगानी डुब्न लाग्यो भने एउटा लगानीकर्ताको समूह बनाउने र ‘हाम्रो लगानी सुरक्षित गर’ भन्दै धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय, राष्ट्र बैंक धाउने । सडकमै धर्ना दिने । सरकारी हाकिमहरू तपाईंको लगानी सुरक्षित गर्न सधैं तम्तयार भैहाल्छन् र पर्‍यो भने नीति परिवर्तनदेखि बोली परिवर्तन गर्नसम्म तुरुन्तै भ्याइहाल्छन् । त्यसैले त हिजोआज कम्पनीले आफ्नो उत्पादन वा सेवा बेचेर भन्दा बढी नाफा ऋण बेचेर वा शेयर बेचेर कमाउँछन् । नत्र अहिलेसम्म टाट पल्टिएको घोषणा गर्नुपर्ने स्थितिमा पुगिसकेका झन्डै ३० प्रतिशत हाइड्रोपावर कम्पनीहरू शेयर बजारमा अझै पावरफुल कसरी रहिरहन सक्थे होला र ? कसरी ‘इन्साइडर ट्रेडिङ’ भन्ने नबुझेका सोझा लगानीकर्तालाई ‘फुल’ बनाइरहन सक्थे होला र ? हैन यो पूँजीबजारको बारेमा ज्ञान, रुचि छैन भने सकेदेखि एउटा म्यानपावर एजेन्सी खोल्नोस् र बेरोजगार युवालाई विदेश पठाउनतिर लाग्नोस् । हाम्रा हरेक श्रममन्त्री र राजदूतसमेत त्यै व्यापारमा लागेका छन् । देशका अस्पतालहरूमा नर्सहरूको अभाव छ । तर श्रममन्त्रीले १० हजार नर्स त बेलायतै निर्यात गर्ने रे । आखिर व्यापार त व्यापारै हो । अहिलेका श्रममन्त्री त आफै व्यापारी पनि हुन क्यारे । बेच्न रामै्र जानेका छन् । कथं म्यानपावरको लाइसेन्स फुत्काउन सक्नुभएन भने आफै लाग्नोस् कुनै देशतिर । देशमा रोजगारी, व्यापार नभएर के भा छ र ? मलेसियामा सेक्युरिटी गार्ड बन्न वा कोरियातिर कुखुरै काट्न गए पनि भो । महिनामा १–२ लाख त कमाइहालिन्छ क्यारे ! गएकाहरु त्यसै भन्छन् । अरू केही गर्न सक्नुभएन भने ‘धनी बन्ने सूत्र’ भनेर एउटा किताब लेख्नुस् । किताब मारामार बिक्छ । अनि बनिँदैन त छिट्टै धनी । कसो ?

मूल्यवृद्धि नियन्त्रण गर्ने सूत्र

नाफा कमाउने उद्देश्यले सञ्चालन गरिएका व्यापार–व्यवसायहरूले आफ्नो फाइदाका लागि जथाभावी मूल्यवृद्धि गर्न थालेको अवस्थामा यसलाई सरकारी संयन्त्रले अनुगमन र नियन्त्रण गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मूल्यवृद्धिदर ७.११ प्रतिशतले उकालो लागेको जनाएको छ । यो वृद्धिदर हाम्रो सन्दर्भमा ६ वर्षयताकै उच्च हो । जब कि […]

एमाले विभाजन रोक्न ओली लचिलो, सहमतिको सूत्र तयार हुँदै

काठमाडौं, २४ वैशाख । नेकपा एमालेको विभाजन रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लचिलो देखिएका छन् । उनले सहमतिका लागि आफूपक्षीय केही नेताहरुलाई सक्रिय बनाएका छन् । माधव नेपाल समूहका प्रभावशाली नेताहरुलाई बालुवाटार डाकेर ओलीले सहमतिको बटमलाइन तय गर्न छलफल समेत गरेका छन् । सहमति बनाउन सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र […]

ओली-नेपाल भेटवार्ता, कुरा मिल्ला ?

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । नक्शालस्थित होटल मेरियटमा वार्ता चलिरहेको हो । वार्तामा दुवै नेता सहमति र एकताको एजेन्डासहित प्रस्तुत भएको बुझिएको छ । नेपालले सहमतिको सूत्र समेत लिएर प्रस्तुत भएको बुझिएको छ । हिजो साँझ दुवै नेताहरुले भेटवार्ता गरेर आइसब्रेक गरेका […]

राष्ट्रपति भण्डारीद्वारा 'उत्तराध्ययन सूत्र' को लोकार्पण

नेपालमा जन्मेर भारतमा शिक्षादीक्षा प्राप्त गरेका र नेपाल केशरीको समेत उपाधि पाएका डा. मणिभद्रद्वारा भगवान् महावीरको वाणी तथा उनको निर्वाणको २५४८ वर्षपछि नेपाली भाषामा अनुवाद गरिएको हो। श्री श्वेताम्बर स्थानकवासी समाज तथा मानव मिलन नेपालले काठमाडौंमा बुधबा...