काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। सरकारको सिफारिस अनुसार संसदको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।सोमबार बेलुकी बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले संसद अधिवेशन पुस २५ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।संविधानमा संसदको अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिल