बाहिरियो रेखा थापाको मौनताको रहस्य

अभिनेत्री, निर्देशक तथा निर्मात्री रेखा थापा पछिल्लो समय के गर्दैछिन् ? कहाँ व्यस्त छिन् ? कसैलाई थाहा छैन । उनी अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका पनि छैनन् । कुनै चलचित्रको छायांकनमा पनि उनको व्यस्तता देखिएको छैन । दैनिक विभिन्न किसिमका स्ट्याटस आउने उनको फेसबुकबाट आजभोली खासै केहि पोस्ट भएको पनि छैन ।  आखिर रेखा गुमनाम किसिमले के गर्दैछिन् ? धेरैका लागि चासो हुन सक्छ । उनी निकट स्रोतका अनुसार रेखा नयाँ चलचित्रको तयारीमा जुटेकी छन् । उनले आगामी वैशाखदेखि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्रको छायांकन सु...

सम्बन्धित सामग्री

राष्ट्रिय अनुसन्धानमै नक्कली कर्मचारी नियुक्त, तलब नपाएपछि बाहिरियो घटना

प्रहरीको अनुसन्धानमा पक्राउ परेका खाँले वर्मालाई २०८० भदौ ३ गते जागिर लगाएर तलब नदिएपछि घटनाको रहस्य बाहिरिएको हो।

राष्ट्रिय अनुसन्धानमै नक्कली कर्मचारी नियुक्त, तलब नपाएपछि बाहिरियो घटना

प्रहरीको अनुसन्धानमा पक्राउ परेका खाँले वर्मालाई २०८० भदौ ३ गते जागिर लगाएर तलब नदिएपछि घटनाको रहस्य बाहिरिएको हो।

जलविद्युत्मा किन चीनको लगानी दुरुत्साहित ?

सन् १९९० को दशकपछि जलविद्युत् विकासका लागि विभिन्न पहल भएको देखिन्छ । यसै दशकमा नेपालमा विभिन्न जलविद्युत् आयोजनाको लागि चर्चा चलेको थियो । यसमध्ये अरूण तेस्रोले चर्चित हुने मौका पायो । यसको निर्माणका लागि विश्व बैंकको लगानी त्यसताका आकर्षित भएको थियो । तर, विश्व बैंकको पहलमा हुने लगानी अवसान हुन पुग्यो । कारण के थियो भने, विश्व बैंकले यसबाट हात झिक्नु ।  किटान गरेर भन्न सकिने अवस्था नभए पनि अनुमान लगाउन सकिन्छ । विविध कारणमध्ये नेपालको जलविद्युत्मा भारतीय एकाधिकारपन पनि एक हुन सक्छ । यसैको परिणाम पनि हुन सक्छ, भारतीय लगानीमा यो आयोजनाको निर्माण भइरहेको छ । यसबाट उत्पादित बिजुलीको केही अंश नेपाललाई दिएर बाँकी सबै भारतले लैजाने प्रावधान रहेको छ । यसले के देखाउँछ भने भारत आफै नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न आतुर छ । यसका साथसाथै चिनियाँ कम्पनीहरू पनि नेपालको जलविद्युत् विकासका लागि आतुर देखिन्छन् तर सफल हुन सकेका छैनन् । केही सानातिना जलविद्युत् आयोजनाको निर्माण चिनियाँ लगानीमा रहेको र ती आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ । यस्तै चिनियाँ लगानीमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको निर्माण हुने कुराको चर्चा चल्यो । नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र चाइना एक्जिम बैंक यो आयोजना निर्माण गर्दा लाग्ने खर्चका स्रोतका रूपमा रहेका थिए । सन् २०१० मा शुरू भई सन् २०१४ मा निर्माण सम्पन्न हुने गरी सम्झौता भइसकेको थियो । चाइना गेजुवा ग्रूप कम्पनी लिमिटेडले यसको निर्माण गरिरहेको थियो । यस कम्पनीले सन् २०१३ सम्ममा एक चौथाइ कार्य गरिसकेको थियो भन्ने प्रतिवेदन पनि सार्वजनिक भइसकेको थियो ।  कारण विभिन्न हुन सक्छन् तर क्षमता अभिवृद्धि गर्ने नाउँमा यो आयोजनाको निर्माणमा अवरोध हुन पुग्यो । राज्यका शक्तिशाली व्यक्तिहरू र विद्युत् प्राधिकरणका कर्मचारीहरू समेत यो आयोजनाको विरोधमा उत्रिए । फलस्वरूप यो आयोजनाको निर्माण नै बन्द हुन पुग्यो । जति यो आयोजनाको निर्माणमा लगानी भयो । यो नेपालको थियो, तत्काल प्रतिफल नआउने क्षेत्रमा लगानी भयो । यसले तत्काल प्रतिफल दिन सकेन । तत्कालीन अवस्थामा लगानी खेर गयो । यही प्रयोग वैकल्पिक क्षेत्रहरूमा भएको भए प्रतिफल प्राप्त गर्न सकिने थियो । यो एउटा उदाहरण हो, अपारदर्शिता र गैरजिम्मेवारपनको । हाल यसको निर्माण कोरियाली लगानी र प्रविधिमा हुने भनिएको छ । आशा गरांै, फेरि कतैबाट अर्कोतिर नसोझिएमा यसको निर्माण कोरियाली लगानीमा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । कोरियाली लगानीमा आयोजनाले सफलता त्यसबेला पाउन सक्छ जब चीन र अमेरिकाको सम्बन्धमा सौहार्द हुन्छ । अन्यथा कोरियाली लगानी पनि प्रभावहीन हुन सक्ने कुरामा शंका गर्न सकिन्छ ।  नेपाल सरकारले इजाजतपत्र रद्द गर्ने निर्णय भएपछि चाइना स्नोयी माउन्टेन इन्जिनीयरिङ कर्पोरेशन र एशियाली विकास बैंक दुवै ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण गर्नबाट बाहिरिएका थिए । पछि चाइना थ्री गर्जेज कर्पोरेशनले यसको निर्माणमा चासो देखायो । सोहीअनुरूप नेपाल सरकारले यो आयोजना निर्माणका लागि सम्झौता पनि गर्‍यो । यो आयोजना निर्माणका लागि एउटा पार्टीको सरकारले सम्झौता गर्‍यो ।  नेपालमा सरकार फेरिइने भएकाले फेरि अर्को दलको नेतृत्वमा सरकार बन्यो । नयाँ बनेको सरकारको पालामा चाइना थ्री गर्जेज कर्पोरेशन यसको निर्माणबाट बाहिरियो । यसले के देखाउँछ भने नेपालले दुईपटक यो आयोजनामा संलग्न रहेका चाइनाका जलविद्युत् उत्पादकहरूलाई गुमायो । प्राविधिक र आर्थिक अड्चन हुन सक्छन् यी जलविद्युत् उत्पादक कम्पनीहरू बाहिरिनुमा । तर, वास्तविकता र रहस्य यही कारणलाई मात्र मान्न सकिँदैन । भू–राजनीतिक परिवेश नै यसको प्रमुख कारक हुन सक्ने कुरा नकार्न पनि सकिँदैन । जे होस् यो आयोजनाले फेरि नयाँ लगानीकर्ता पाएको छ । नेपालका केही अन्य जलविद्युत् आयोजनाहरू जस्तै यसले पनि भारतीय पोल्टामा लुटपुटिने मौका पाएको छ । आशा गरौं, फेरि पनि यसको निर्माण कतै कुनै बहानामा रद्द नहोस् ।  विनाप्रतिस्पर्धा चाइना गेजुवा ग्रूप कर्पोरेशनले १२०० मेगावाट उत्पादन क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणका लागि सन् २०१७ मा इजाजत पाएको थियो । तर, यो सम्झौता काम शुरू नगर्दै सोही वर्ष रद्द हुन पुग्यो । यसको मुख्य कारण देखाइएको थियो, प्रतिस्पर्धाविना गरिएको सम्झौता ।  फेरि कतैबाट अर्कोतिर नसोझिएमा माथिल्लो त्रिशूलीको निर्माण कोरियाली लगानीमा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । कोरियाली लगानीमा आयोजनाले सफलता त्यसबेला पाउन सक्छ जब चीन र अमेरिकाको सम्बन्धमा सौहार्द हुन्छ । अन्यथा कोरियाली लगानी पनि प्रभावहीन हुन सक्छ । नेपाल सरकारले आफैले यसको निर्माण गर्ने भन्ने चर्चा चलिरहेको छ । यस्तै माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माणका लागि पनि चीन तत्पर देखिन्छ । तर, नेपाल यस विषयमा राम्ररी खुल्न सकेको छैन । नेपालको आफ्नै लगानीमा निर्माण गर्ने भनेर अट्किरहेको छ । तर, नेपालसँग प्रविधिका साथै यथेष्ट लगानीको अभाव छ । अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूबाट नेपालले ऋण लिएर यसको पहल गर्न सक्ने सम्भावना नरहेको पनि होइन, यसो गर्न सकिन्छ । यी संस्थाबाट सहयोग प्राप्त गर्न विश्वका शक्तिशाली राष्ट्रहरूको सहमतिका साथै अनुमति पाउनुपर्छ । जहाँसम्म आन्तरिक ऋणको कुरा छ यति ठूलो आयोजना निर्माणका लागि कठिन मात्र होइन, अपर्याप्त नै हुन्छ ।  यति हुँदाहुँदै पनि चीनले माथिल्लो मस्र्याङ्दी र मादी जलविद्युत् आयोजना बुट प्रणालीअन्तर्गत निर्माण गरिरहेको छ जसमा माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ५० मेगावाट बिजुली उत्पादन भइसकेको छ । चिनियाँ कम्पनीको प्रविधिमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई बिजुली प्रवाह भइरहेको छ । यसले के प्रमाणित गर्छ भने नेपालका ठूलाठूला जलविद्युत्् आयोजनाको निर्माणबाट चीन बाहिरिए पनि जलविद्युत् उत्पादनका क्षेत्रमा चीनको उल्लेखनीय योगदान रहेको तथ्य नकार्न सकिँदैन । यही तथ्यलाई आधार बनाएर होला, भारतले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ ।  जलविद्युत् क्षेत्रमा भारतले आफ्नो वर्चस्व कायम राख्न हालै १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने प्रतिबद्धता जनाइसकेको छ । प्रतिबद्धता मात्र होइन, सम्झौता नै भइसकेको छ । तर, भारत चीनको लगानी, प्रविधि वा सहयोगमा निर्मित जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीको आयातमा भने अघोषित प्रतिबन्ध लगाइरहेको छ । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माणमा चीनको लगानीको सम्भावना कटौती हुनासाथ भारतीय लगानीमा निर्माण गरी विद्युत् उत्पादनका लागि सम्झौता नै भइसकेको छ ।  यसअतिरक्त अन्य जलविद्युत् आयोजनाको निर्माणको इजाजत पनि लिइसकेको छ । यसले के देखाउँछ भने नेपालको जलविद्युत्मा भारत आफ्नो वर्चस्व कायम राख्न चाहन्छ । चीनको लगानीबाट जलविद्युत् वा जलस्रोतको विकासका लागि भारत तगारो बन्ने सम्भावना धेरै देखिन्छ । यसै सन्दर्भलाई संकेत गर्दै नेपालका लागि चीनका राजदूत चेनसोङले नेपालको विद्युत् व्यापारका बारेमा हालै टिपणी गरेका थिए, ‘नेपालले सन् २०२२–२३ मा ६ दशमलव २५ भारू बराबरको बिजुली निर्यात गरेको थियो भने सोही वर्ष ११ दशमलव ८ भारू बराबरको बिजुली आयात गरेको थियो । कहाँनेर नेपाललाई फाइदा भयो ।’ पञ्चेश्वर जलविद्युत् आयोजनाको निर्माण गर्न आत्तिएको भारत एकाएक पछि हटेजस्तो देखिन्छ । यसको डीपीआरसम्म बन्न सकेको छैन । भारत नेपालका जलविद्युत् आयोजनाको निर्माण बीबीआईएनको नमूनामा ढाल्न चाहन्छ । अर्थात् नेपालका सबै जलविद्युत् आयोजना आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । यसले विशेष गरेर चीनलगायत अन्य देशको पहललाई निस्तेज बनाउन मद्दत गर्छ ।  लेखक अर्थशास्त्री हुन् ।

सीप विकासका नाउँमा जितपुरसिमराको करोड कुम्ल्याउने दाउ

लक्ष्मी खरेलबारा : जीतपुरसिमरा उपमहानगर पालिकाले सिपविकास तालिमको नाममा अनियमितता गरेको खुलासा भएको छ। आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट डेढ करोड रुपैयाँ खर्च हुने गरी ३० वटा तालिम सञ्‍चालन गराउन लगाएको उपमहानगरले महिलालाई सिप सिकाएर रोजगार बनाउनुको साटो संस्थासँग मिलेमतो गरी रकम कुम्ल्याउने दाउ रचेको रहस्य खुलेको हो।आफूनिकट रहेका संस्थासँग मिलेमतो गरी उपमहानगरले डेढ करोड रुपैयाँ सक्न फरक फरक प्रकृतिका ३० वटा तालिमका लागि ९ वटा संस्थालाई छनोट गरेको छ।एकाएक बाहिरियो रहस्यएउटा तालिमबापत पा

मोटरसाइकलमा बसिरहेको अवस्थामा शव : यसरी खुलायो रहस्य

गत सोमबार साँझ विराटनगरमा सबै अचम्मित हुने गरी एउटा घटना बाहिरियो । आफैले चलाएको मोटरसाइकलमाथि सुतिरहेको अवस्थामा विराटनगरका सुदर्शन शर्मा न्यौपाने मृत फेला परे ।साँझ ८ बजेको समयमा विराटनगर महानगरपालिका–५ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि पार्किङ गरेर राखिएको मोटरसाइकलमाथि बसिरहेको अवस्थामा उनी मृत फेला परेका थिए । शरीरको बाहिरी भागमा कुनै चोटपटक समेत नदेखिएपछि घटना रहस्यमय बनेको थियो ।न्यौपानेको शवको प्रकृति शंकास्पद देखिएपछि मोरङ प्रहरीले घटनाको अनुसन्धान अघि बढायो । प्रहरीका अनुसार ट्

बाहिरियो रेखा थापाको मौनताको रहस्य

अभिनेत्री, निर्देशक तथा निर्मात्री रेखा थापा पछिल्लो समय के गर्दैछिन् ? कहाँ व्यस्त छिन् ? कसैलाई थाहा छैन । उनी अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका पनि छैनन् । कुनै चलचित्रको छायांकनमा पनि उनको व्यस्तता देखिएको छैन । दैनिक विभिन्न किसिमका स्ट्याटस आउने उनको फेसबुकबाट आजभोली खासै केहि पोस्ट भएको पनि छैन ।  आखिर रेखा गुमनाम किसिमले के गर्दैछिन् ? धेरैका लागि चासो हुन सक्छ । उनी निकट स्रोतका अनुसार रेखा नयाँ चलचित्रको तयारीमा जुटेकी छन् । उनले आगामी वैशाखदेखि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्रको छायांकन सु...

सन्तुलित कूटनीतिक सम्बन्ध

नेपालको समसामयिक राजनीति बदलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा नेकपा एमालेलाई समर्थन गर्न नसक्ने अडानपछि सत्ता समीकरण भत्कियो। परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण अन्तिम अवस्थामा रोकिएपछि नेकपा एमाले सरकारबाट बाहिरियो। आन्तरिक राजनीतिको रस्साकस्सी कूटनीतिक क्षेत्रमा देखियो। सत्ताबाट बाहिरिने वित्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा चिन्तित हुँदै सार्वजनिक मन्तव्यमार्फत मुस्ताङमा विश्वविद्यालय निर्माणको अनुमति दिनुभित्रको रहस्य के हो भनेर प्रश्न उठाउनुभयो। तुरुन्तै सरकारले वक्तव्यमार्फत यसको खण्डन ग-यो।

अपहरणसम्बन्धि भारतको डरलाग्दो रहस्य बाहिरियो

लण्डन। भारतको विभिन्न क्षेत्रमा फैलिएको रेल मार्गबाट बार्षिक रुपमा हजारौ बालबालिका हराउने गरेको तथ्य सार्वजनिक भएको छ ।  संरक्षक नामक…