अर्थतन्त्रमा सुस्ती देखिँदा पनि ब्याजदर बढाउँदै फेड ! '०.२५ आधार विन्दुसम्म बढाइने'

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले बुधवार बस्ने नीतिगत बैठकमा ब्याजदर बढाउने अड्कलबाजी चुलिएको छ । बैंकले उक्त बैठकमा लगातारको १० औं (अनि सायद अन्तिममा) ब्याजदर बढाउने अनुमान गरिएको छ । अहिले पनि महँगी उच्च स्तरमै भएकोले बैंकले ब्याजदर (Interest Rate) बढाउने अनुमान गरिएको हो ।   अमेरिकी अर्थतन्त्र सुस्ताएको विविध आर्थिक सूचकहरूले संकेत गरेका छन् । केही अर्थशास्त्रीहरूले अमेरिकी अर्थतन्त्र यो वर्ष हलुका खालको आर्थिक मन्दीमै जाने बताएका छन् । तर पनि Fed ले ब्याजदर बढाउने सम्भावना देखिएको छ । विश्लेषक र व्यापारीहरूले फेडले बुधवारको बैठकमा ब्याजदर शून्य दशमलव २५ आधार विन्दुसम्म बढाउन सक्ने आकलन गरेका छन् ।  त्यसपछि भने महँगीमाथि अंकुश लगाउन ब्याजदरलाई बढेपछिकै स्तरमा लामो समयसम्म राख्ने अनुमान गरिएको छ । महँगीलाई घटाएर बैंकले दीर्घकालीन अवधिमा २ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यो लक्ष्य हासिल गर्न ब्याजदरलाई उच्च स्तरमै राख्नु पर्नेछ । यस क्रममा बैंकले आर्थिक मन्दीको अवस्था सकेसम्म टार्न खोज्ने आँकलन भइरहेको छ ।   फेडले आगामी हप्ता ब्याजदर २५ आधार विन्दुले बढाउने अनि जुनमा भने ब्याजदर बढाउने क्रम रोक्ने अपेक्षा गरिएको बैंक अफ अमेरिकाका अर्थशास्त्रीहरूले शुक्रवार ग्राहकहरूको नाममा लेखेको एक नोटमा भनेका थिए । बुधवार फेडले ब्याजदर बढाए यो लगातारको १० औं वृद्धि हुनेछ । यो वृद्धिसँगै अमेरिकामा ब्याजदर बढेर ५ प्रतिशतदेखि ५ दशमलव २५ प्रतिशतको बीचमा उक्लिनेछ । यो भनेको सन् २००७ यताकै सर्वाधिक ठूलो स्तर हो ।  फेडले ब्याजदर २५ आधार विन्दुले बढाउने अनुमान ८० प्रतिशतभन्दा धेरै फयूचर्स ट्रेडर्सहरूको भएको सीएमई ग्रुपको डेटाले देखाएको छ । फेडको ब्याजदर निर्धारक समिति खुला बजार समिति (Federal Open Markets Committee) को बैठक मे २ र ३ मा बस्दैछ । मार्चमा बैठक बस्दाखेरिको भन्दा अहिले परिस्थिति फरक छ । त्यतिबेला अमेरिकामा सिलिकन भ्याली बैंक (एसभी बैंक) धराशयी भएको केही दिन मात्रै भएको थियो ।  फेडको आक्रामक ब्याजदर वृद्धिका कारण SV Bank समेत अन्य दुई क्षेत्रीय बैंकहरू धराशयी भएर विश्वभर नै बैंकिङ संकट चुलिएको थियो । फेड र अमेरिकाका अन्य नियामकहरूले हतारहतार सो संकटलाई अन्यत्र पोखिने स्थिति टारे वा टार्ने प्रयास गरे । आक्रामक ब्याजदर वृद्धिको सो अप्रत्याशित असरबाट फेड पनि केही सशंकित बनेको छ । सो संकटबाट बैंकिङ क्षेत्र पूरै उब्रिसकेको छैन । मार्च २२ को बैठकमा पनि फेडले आक्रामक ब्याजदर वृद्धिलाई थाँती राखेर २५ आधार विन्दुले मात्रै ब्याजदर बढायो । एसभी बैंकको पतनपछि अमेरिका र यूरोपका नियाकहरूले वित्तीय क्षेत्रलाई शान्त बनाउने ठोस कदम चाले । बैंकिङ क्षेत्रमा हाई–प्रोफाइल दूर्घटनाहरू रोक्न केही हदसम्म नियामकहरू सफल भएको जस्तो देखिन्छ ।  कर्जा बजारमा दबाब केही कम भएको अवस्थामा आगामी बैठकमा फेडले २५ आधार विन्दुले ब्याजदर बढाउने अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अमेरिकी अर्थशास्त्री माइकल पियर्सले पनि हालै एक नोटमा लेखेका थिए । तर, अहिले वित्तीय बजार केही शान्त भए पनि एसभी बैंकको पतनको असर भने बैंकिङ क्षेत्रमा लामो समय रहनेछ । बैंकहरूले कर्जा प्रवाहको अवस्था कसिलो पारेका छन् ।  कसिलो कर्जा वातावरणले ब्याजदर वृद्धिको जस्तै काम गर्ने फेडका अधिकारीहरूले बताइरहेका छन् । यसले महँगीलाई २ प्रतिशतको इच्छित स्तरमा झार्न आफूले गर्नु पर्ने ब्याजदर वृद्धिको संख्या घटाउने उनीहरूको आशा छ । तर, वित्तीय क्षेत्रमा देखिएको उथलपुथल र बैंकको कर्जाको अवस्था ठिक नभएसम्म यस्तो खालको राय बनाइहाल्ने बेला भएको छैन । एसभी बैंक र सिग्नेचर बैंकलाई धराशयी हुनबाट रोक्न आफूले गर्न सक्ने अझ धेरै कुराहरू रहेको शुक्रवार मात्रै अमेरिकी नियामकहरूले स्वीकार गरेका थिए ।  हालै अमेरिकामा सार्वजनिक भएको आर्थिक तथ्यांकहरूले अर्थतन्त्र सुस्ताइरहेको देखाएको छ । यी तथ्यांकहरूले यो वर्ष अमेरिका recession मा धकेलिने प्रक्षेपणलाई बलियो बनाएको छ । अप्रिलको अन्त्यतिर सार्वजनिक भएको एउटा तथ्यांकले आर्थिक उत्पादन सुस्ताएको देखाएको थियो । मेपछि पनि फेडले ब्याजदर बढाइरह्यो भने आर्थिक मन्दी हुन सक्ने अनुमान गरिएको छ । एजेन्सी

सम्बन्धित सामग्री

घट्यो ब्याजदर

काठमाडौंं, साउन १। वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका […]

घट्यो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका लागि […] The post घट्यो ब्याजदर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंकको ब्याजदर घट्यो

काठमाडौं । चौतर्फी आलोचना र दबाबपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। ब्याजदर एकल डिजिटमा कायम गर्ने निर्णय संघले बुधबार गरेको हो। वैशाख १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाउने निर्णय भएको हो। ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ कायम गर्ने निर्णय भएको छ। सरोकारवालाको माग सम्बोधन गर्दै संघले ब्याजदर घटाउने निर्णय गरेको हो। […]

घट्यो बैंकको ब्याजदर

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । वुधबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो ।हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । घटेको ब्याजदर माघ १ बाट लागू हूनेछ ।

माघदेखि घट्दै ब्याजदर

आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा

बैंकहरुले ब्याजदर घटाउने

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाउने भएका छन् । मौद्रिक नीतिको व्यवस्था दुई किसिमको कर्जाका लागि छुट्टाछुट्टै ब्याजदर कायम हुने भएपछि बैंकहरुले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर समेत परिमार्जन गर्ने भएको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले संस्थागत निक्षेपको ब्याजदर दुई प्रतिशतले घटाउने निर्णय गरेको हो ।  योसँगै भदौ महिनाका लागि संस्थागत निक्षेपमा बैंकहरुले ९.०३ प्रतिशत मात्र ब्याजदर प्रदान गर्नेछ ।यसअघि संस्थागत र व्यक्तिगत दुबैम

बैंकको ब्याजदर अझै बढ्ने !

१३ चैत, काठमाडौं । सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ । चालु […]

ब्याजदर निर्धारणमा नयाँ गाइडलाइन

अब बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्गका बैंकहरूको गत महिनाको निक्षेपको औसत ब्याजदरको आधारमा त्यसको १० प्रतिशतसम्म ब्याजदर बढाउन पाउने भएका छन् । साथै, सोही आधारमा निक्षेपको ब्याजदर १० प्रतिशतसम्मले घटाउन पनि पाउने भएका छन् ।यसअघि बैंकहरूले आफ्नै ब्याजदरको आधारमा मासिक १० प्रतिशतसम्मको दरले ब्याजदर थपघट पाउने थिए । तर, अब भने आफ्नो वर्गका बैंकहरूको औसत ब्याजदर आधारमा मात्रा नयाँ ब्याजदर निर्धारण गर्नुपर्ने भएको हो ।राष्ट्र बैंकले आइतवार क, ख र ग वर्गका बैंकहरू लागि एकीकृत निर्देशन जारी गर्दै यस

बैंकको ब्याजदर तीन वर्ष यताकै उच्च

१ कात्तिक, काठमाडौं । आजदेखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये अधिकांशको दर बढेको छ । बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको ब्याजदर पछिल्लो ३ वर्ष यताको उच्च […]

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशले घटाए ऋणको ब्याजदर

बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो । नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको  छ ।हाल बैंक तथा वित्ति