नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ गठबन्धन समेत अनिर्णित जस्तो बनिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको झण्डै ३ साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
यसबीचमा कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइए पनि अधिकांश मन्त्रालय प्रधानमन्त्री देउवा मातहत नै छन् ।
यहाँसम्म कि कोरोना संकटका बेला सबैभन्दा महत्त्वपूर्ण भूमिका हुनुपर्ने स्वास्थ्य मन्त्रालयले समेत क्याबिनेट स्तरको मन्त्री पाउन सकेको छैन ।
प्रधानमन्त्री देउवा निकट स्रोतसँग बुझ्दा उनले मन्त्रिपरिषद् विस्तारम...