काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले समसामयिक घटनाक्रम, फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनजस्ता विषयमा छलफल गर्न […]
सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरिने भएको छ । नयन मिडिया फाउन्डेसनले सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरि दिने भएको हो ।
१२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । शनिबार झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए …
काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता पात्रको भूमिका निभाएका छन्, जसले आज पनि दर्शकलाई प्रभावित बनाउँछ । विशेषगरी ‘बाजिगर’ र ‘डर’ जस्ता ९० को दशकका थ्रिलर फिल्ममा उनले खलनायकको भूमिका निभाएका थिए । शाहरुख खानले निभाएको खलनायक पात्रको पनि छुट्टै फ्यानबेस छ । उनको यस्ता भूमिकाबाट दक्षिण भारतीय सुपरस्टार थलापथी विजय […]