इटहरी : अफ्रिकी खेलाडी फोडे फोफोना र अजयी मार्टिन्स निर्णायक बनेपछि रोलिङ क्लब धुलाबारीले १२ औ संस्करणको इटहरी गोल्डकपमा विजयी शुरुवात गरेको छ।इटहरी रंगशालामा भएको तेश्रो क्वार्टरफाइनल खेलमा रोलिङले पाहुना टोली एभेनिर फुटबल क्लब क्यामरुनलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। रोलिङको जितमा फोफोना र मार्टिन्सले गोल गरेका थिए। एभेनिरका केनीले सान्त्वना गोल फकाए । खेलको शुरुवाती अग्रता एभेनिरले लिएको थियो।२७ औं मिनेटमा रोलिङका गोलरक्षक मनोज प्रधानको हातबाट फुत्किएको बलला