टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : तनाव साम्य पार्न वीरेन्द्रनगरमा लगाइयो कर्फ्यु

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यु लगाएको छ। मंगलवार बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि वीरेन्द्रनगर बजार तनावग्रस्त बनेको थियो। टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको हो। घटनाले उग्ररुप लिन थालेपछि वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म