डिजिटल कारोबारलाई अझ सहज, सुरक्षित र आधुनिक बनाउन सिद्धार्थ बैंक लिमिटेडले Fonepay Payment Service Limited सँगको सहकार्यमा पूर्णरूपमा डिजिटल ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। नेपाल प्रिमियर लिग (SBLNPL) को दोस्रो संस्करणको अवसरमा आयोजित विशेष अन–ग्राउन्ड कार्यक्रममा यस कार्डको घोषणा गरिएको हो। भौतिक कार्ड बिना नै डिजिटल भुक्तानी गर्न मिल्ने सुविधा सहित सञ्चालनमा […]
बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो। आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाका अनुसार भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।