वीरगन्ज कारागारका ३० प्रतिशत कैदी लागूऔषध मुद्दाका
देशकै पुरानो तथा अत्यधिक भीडभाड रहने गरेको वीरगन्ज कारागारमा कूल कैदीबन्दीको झन्डै ३० प्रतिशत कैदीबन्दी लागूऔषध मुद्दाकै छन् । बुधबारसम्म कारागारमा कूल १ हजार ४ सय ५९ कैदीबन्दी रहेकोमा ती मध्ये ५ सय ४२ कैदीबन्दी लागूऔषध मुद्दाकै हुन् ।