कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।

सम्बन्धित सामग्री

घातक सिसामा खेलाँची

सचेतना जगाउने कार्यक्रमको अभाव बन्दुकमा प्रयोग हुने गोली बुटीका रूपमा बालबालिकाले घाँटी र वयस्कले पाखुरामा झुन्डाएको धेरैले देखेको हुनुपर्छ । इनामेल र अन्य रङका बट्टा अथवा बाल्टिनमा खानेपानी वा अन्य खाद्यवस्तु राख्ने चलन त देशव्यापी रूपमै छ । तर, दशकौंदेखि चल्दै आएको यो अभ्यास कति घातक हुन सक्छ भन्नेमा धेरै नेपाली जानकार छैनन् । किनभने हामीमध्ये धेरैलाई रङहरूमा लेड (सिसा)को मात्रा हुने तथ्य र त्यसका हानिकारक पक्षबारे ज्ञान छैन ।  विषाक्त धातु लेड सयौं वर्षदेखि मानव जीवनको अभिन्न अंगका रूपमा छ । प्लम्बिङ, पेन्ट (रङ), पेट्रोल, ब्याट्री, उद्योगलगायत क्षेत्रमा यसको प्रयोग व्यापक रूपमा भयो । यसबाट मानव स्वास्थ्यमा हानिकारक असर पर्ने तथ्य भने निकै पछि मात्र वैज्ञानिकहरूले पत्ता लगाए । चिकित्सकहरू लेडलाई ‘मौन महामारी’ भन्छन् । मौन महामारी त्यस्तो अवस्था हो जहाँ कुनै जानकारीविनै रोग भुसको आगो जस्तै भित्रभित्रै फैलिन्छ । यसको लक्षण तत्काल नदेखिने हुँदा रोग लागेको र फैलिइरहेको चाल पाइँदैन । हाम्रो शरीरमा प्रवेश गरेको लेड मलमूत्रबाट बाहिर निस्कँदैन । यसको जोखिम वयस्कको तुलनामा बालबालिकामा बढी हुने अध्ययनहरूले देखाएका छन् । लेडले हाम्रो केन्द्रीय स्नायुप्रणाली र दिमागलाई नष्ट गराउन सक्ने वैज्ञानिकहरूको भनाइ छ । अमेरिकाको एजेन्सी फर टक्सिक सबस्ट्यान्स एन्ड डिजेज रजिस्ट्रीले रगतमा प्रति डेसिलिटर १० माइक्रोग्रामभन्दा बढी लेडको तह हुनुलाई असुरक्षित भनेको छ ।  कति जोखिमपूर्ण ?  लेड असाध्यै बलियो स्नायुविष हो । लेडले मानिसको स्नायुप्रणालीमा हानि पुर्‍याउँछ । फलस्वरूप स्मरणशक्ति कमजोर हुने, सामान्य कुराको पनि ज्ञान नहुनेलगायत अन्य व्यावहारगत समस्या निम्त्याउँछ । लेडले मानव शरीरको हेमोग्लोबिन उत्पादन प्रक्रियालाई अवरुद्ध गर्ने हुँदा यसले रक्तअल्पता र थकानको समस्या पनि ल्याउँछ । शिशुले लेड निलेको खण्डमा उसमा कान नसुन्ने, ढिलो बोल्नेजस्ता समस्या देखिन्छन् । लेडबाट प्रभावित बालबालिकाले आक्रामकता देखाउने, उनीहरूमा एकाग्रताको समस्या आउने र कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न नसक्ने अध्ययनहरूले देखाएका छन् । असामाजिक व्यवहार प्रदर्शनमा पनि लेडको भूमिका रहने विश्व स्वास्थ्य संगठनको भनाइ छ । गर्भस्थ शिशुका लागि त लेडसँगको सामान्य सम्पर्क पनि निकै हानिकारक हुन्छ । यसबाहेक उच्च रक्तचाप, टाउको दुख्ने, शारीरिक र मानसिक विकासमा ढिलाइ, बान्ता, पेट दुखाइ, मांसपेशी र जोर्नी दुखाइ, मानसिक र प्रजनन स्वास्थ्यमा समस्या लेडले निम्त्याउने खराबी हुन् ।  विश्व स्वास्थ्य संगठनका अनुसार लेडजन्य विषाक्तताबाट संसारमा वार्षिक १० लाख मानिसको ज्यान जाने गरेको छ । गत सेप्टेम्बर १२ मा द लान्सेट प्लानेटरी हेल्थमा प्रकाशित ‘ग्लोबल हेल्थ बर्डेन एन्ड कस्ट अफ लेड एक्सपोजर इन चिल्ड्रेन एन्ड एडल्टस : अ हेल्थ इम्प्याक्ट एन्ड इकोनोमिक मोडलिङ एनालाइसिस’ नामको अध्ययनले त लेडजन्य विषाक्तताको अत्यन्तै डरलाग्दो तस्वीर प्रस्तुत गरेको छ । उक्त अध्ययनले लेडयुक्त इन्धनको प्रयोग परित्याग गरेपछि मानिसको रगतमा लेडको मात्रा निकै घटे पनि यसको स्वास्थ्य जोखिम अझै व्यापक रहेको देखाएको छ । उक्त अध्ययनले संसारमा वार्षिक ५० लाख मृत्युको कारण लेड विषाक्ततालाई मानेको छ । वायुप्रदूषणमा पनि यसको योगदान उस्तै छ । २५ वर्ष हाराहारी उमेरका व्यक्तिको कार्डियोभास्कुलर (ह्दयवाहिनी) समस्याजन्य मृत्युमा पनि लेडको भूमिका रहेको उक्त अध्ययनले देखाएको छ ।  हामी कति जोखिममा ? नेपाल सरकारले २०७१ पुस ७ गतेको नेपाल राजपत्रमा प्रकाशित एक सूचनामा रङमा मान्य लेडको मात्रा तोकेको छ, जसअनुसार रङमा लेडको मात्रा ९० पाटर््स पर मिलियन (पीपीएम) भन्दा बढी हुनु हुँदैन । अमेरिकी सरकारले तोकेको मापदण्ड पनि ९० पीपीएम नै हो । सरकारको उक्त कदमसँगै त्यसयता स्वदेशमा उत्पादन भएका अथवा आयात भएका अधिकांश रङमा लेडको मात्रा तोकिएको मापदण्डअनुसार भएको पाइएको छ ।  सेन्टर फर पब्लिक हेल्थ एन्ड इन्भायरोन्मेन्टल डेभलपमेन्टले सन् २०१० मा नेपाली बजारमा पाइने २४ ओटा रङको नमूनामा अध्ययन गर्दा ३ दशमलव ९८ पीपीएमदेखि ७३९६६.४ पीपीएमसम्म लेड भेटेको थियो । २४ ओटा नमूनाको औसत लेड कन्सन्ट्रेशन ६५७४ दशमलव ७१ पीपीएम थियो । यो सरकारले २०७१ मा तोकेको मापदण्ड ९० पीपीएमको तुलनामा ७३ गुणा बढी हो ।  द लान्सेट प्लानेटरी हेल्थमा प्रकाशित एक अध्ययनले संसारमा वार्षिक ५० लाख मृत्युको कारण लेड (सिसा) विषाक्ततालाई मानेको छ । वायुप्रदूषणमा पनि यसको योगदान उस्तै छ । २५ वर्ष हाराहारी उमेरका व्यक्तिको कार्डियोभास्कुलर (हृदयवाहिनी) समस्याजन्य मृत्युमा पनि लेडको भूमिका रहेको अध्ययनले देखाएको छ ।  सन् २०१७ मा आइपुग्दा अधिकांश रङमा लेडको मात्रा सरकारले तोकेको मापदण्डअनुसार रहेको पाइएको छ । सोही संस्थाको अध्ययनले सन् २०१७ मा करीब ६० प्रतिशत रङमा लेडको मात्रा मापदण्डअनुसार रहेको देखाएको छ ।  सन् २०२१ मा २१ ओटा आयातित एरोसोल स्प्रे पेन्टको नमूना परीक्षण गर्दा १४ ले सरकारी मापदण्ड पूरा गरेको र बाँकी ७ ले नगरेको पाइएको छ । मापदण्ड पूरा नगरेकामध्ये दुईओटामा अति हानिकारकका रूपमा उच्च लेड थियो । स्वदेशी उद्योगबाट उत्पादित स्प्रे रङमा पनि मापदण्डभन्दा बढी लेडको मात्रा पाइएको थियो । सरकारले मापदण्ड तोकेपछि अधिकांश रङमा लेडको मात्रा मान्य तहमा ओर्लिए पनि रङहरूसँगको संसर्ग पूर्णतया सुरक्षित नरहेको संकेत गर्छ । मापदण्ड तोक्नुअघि प्रयोग भएका रङमा त लेडको जोखिम अत्यधिक नै छ ।  त्यसै गरी आयातित वस्तु, ब्याट्री, पुराना घरको प्लम्बिङ सिस्टम, बुटीका रूपमा प्रयोग भएका गोली, राजमार्ग, औद्योगिक क्षेत्र, सुटिङ रेन्ज वरपरका लेडबाट हाम्रो स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असरको जोखिम पाइला पाइलामा छ । हामी पुराना घर, भवन, पर्खाल जस्ता संरचना जीर्णोद्धारका क्रममा घातक लेडको सम्पर्कमा पुग्न सक्छौं । पुराना घरको प्लम्बिङ प्रणालीमा पनि लेडयुक्त पाइप प्रयोग भएको हुन सक्छ । बालबालिकाका खेलौना, गहना र कस्मेटिक्समा लेडमा आधारित रसायन प्रयोग भएको हुन सक्छ । आयातित सेरामिक्सका भाँडाकुँडामा पनि लेड प्रयोग भएको हुन सक्छ । खुकुलो खाद्य सुरक्षा नियम भएका देशबाट आयातित खाद्य वस्तुमै पनि खतराको तहभन्दा बढी लेडको मात्रा हुन सक्छ ।  रेलको टिकट, आत्महत्यामा प्रयोग भएको डोरीजस्ता वस्तुलाई समेत औषधिका रूपमा प्रयोग गर्ने नेपाली समाजमा कतैकतै सिसाका गोली घोटेर ख्वाउने चलन त छैन ? यो अर्को विचारणीय पक्ष हो । खुला सीमा भएको नेपालमा चोरी पैठारीबाट पनि लेडयुक्त वस्तु प्रवेश भएर सर्वसाधारणसम्म पुग्न सक्छन् ।  यसरी पस्छ शरीरमा लेड हाम्रो शरीरमा लेडका कण नाक र मुखबाट प्रवेश गर्छ । लेडयुक्त वस्तु जल्दा निस्कने धुँवा वा लेडको कण मिसिएको हावा श्वास लिँदा यो हाम्रो शरीरमा प्रवेश गर्छ । लेडयुक्त पाइपबाट आउने पानी, लेडसमेत प्रयोग गरेर बनाइएका बट्टामा प्याकिङ भएका खाना र लेड छोएको हात राम्ररी नधोई मुखमा हाल्दा यसको कण निलिन्छ ।  भारतको सेन्टर फर साइन्स एन्ड इन्भायरोन्मेन्ट (सीएसई)को अध्ययनले लेडको जोखिममा सजिलै पुगिने देखाएको छ । उक्त अध्ययनले लेड मिसिएको पेन्टले रङ्गाएको भित्ता छुनु, यसको कण मिसिएको धुँवा निल्नु वा लेडयुक्त रङ लगाएको ठाउँमा हिँड्नु पनि जोखिमपूर्ण हुने देखाएको छ ।  कसरी जोगिने ?  लेडको जोखिमबाट बच्ने प्रभावकारी उपायमध्ये सचेतना एक हो । लेडका नकारात्मक पक्षबारे सर्वसाधारणलाई जानकारी दिन सके उनीहरू स्वत: यसबाट टाढा रहन सक्छन् । स्वस्थ जीवनको महत्त्व पनि जनसाधारणले बुझ्नुपर्छ । तर, आम सर्वसाधारणलाई सचेत गराउने काम सोचेजस्तो सजिलो हुँदैन । वर्षायाममा जंगली च्याउ खाँदा परिवारै सखाप भएको, जाडोमा झ्यालढोका बन्द गरेको कोठामा मकल बालेर सुत्दा अक्सिजनको कमीले कोठाभित्रका सबैको ज्यान गएको समाचार हामी बारम्बार सुन्छौं । यस्ता दु:खदायी समाचार एफएम रेडियोहरूले दूरदराजका कुनाकन्दरासम्म पनि पुर्‍याइरहेका छन् । तैपनि घटना दोहोरिन छाडेका छैनन् । यस अर्थमा लेडको जोखिमबारे सचेत गराउने काम सजिलो पक्कै छैन । तसर्थ उपलब्ध आमसञ्चारका सबै साधनका साथै सडक नाटक, भित्तेलेखन, गाउँगाउँमा गीत सुनाउँदै हिँड्ने गन्धर्व, विद्यालयका शिक्षकलगायत बीमा अभिकर्तासम्मलाई प्रयोग गरेर तल्लो तहसम्म लेडको नकारात्मक पाटोको जानकारी गराउनुपर्छ । अझै पनि मापदण्डभन्दा बढी मात्रामा लेड भएको रङ र अन्य वस्तु आयात र बेचबिखन भइरहेको तथ्यले प्रभावकारी अनुगमन र नियमनको आवश्यकता औंल्याएको छ ।  आम सर्वसाधारणले जीवनको मूल्य बुझ्नुपर्छ । मूल्यवान् जीवनलाई अर्थहीन बनाउन सानो लापरबाही नै पर्याप्त हुन्छ । यस अर्थमा लेडले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ भने त्यसबाट टाढा किन नरहने ? एकपल्ट स्मरणशक्ति हराएको, दीर्घरोगी भएर परिवारका लागि बोझ बनेको, पूर्णरूपमा शारीरिक र मानसिक विकास हुन नसकेका सन्तान पाल्नुपरेको अवस्थाको कल्पना गरौं त, कति दु:खदायी हुन्छ त्यो क्षण । वयस्कको तुलनामा बालबालिकाले लेड निल्ने सम्भावना कैयौं गुणा बढी हुन्छ । जे भेटे पनि मुखमा हाल्ने उनीहरूले लेडयुक्त रङ लगाएको भित्ता, झ्याल–ढोका चाट्ने, रङ कोतरेको हात मुखमा हाल्ने गर्छन् । बच्चाको खेलौनामा पनि लेड हुन सक्छ । यो पृष्ठभूमिमा आफ्ना प्यारा सन्ततिलाई लेडको जोखिमबाट जोगाउन अभिभावक नै सचेत हुनुपर्छ । पुराना घरको पेन्टमा लेड प्रयोग भए/नभएको परीक्षण गराएर सोहीअनुसार व्यवहार गरी जोखिम कम गर्न सकिन्छ । पाइपबाट हुने लेडको जोखिम कम गर्न विज्ञहरूले चिसो र फिल्टर गरेको पानी पिउन सुझाएका छन् । लेडयुक्त सतह वा वस्तु छोएपछि हात धुने गर्नाले पनि जोखिम घटाउन सकिन्छ । आयातित वस्तु प्रयोगमा विशेष सतर्कता अपनाउनुपर्छ भने सरकारले मापदण्डभन्दा बढी लेड भएको रङ, खाद्यवस्तु र भाँडाकुँडा आयातमा प्रतिबन्ध नै लगाउनुपर्छ ।  लेडयुक्त ठाउँमा काम गर्दा सुरक्षा प्रोटोकल पालना गरेर जोखिम कम गर्न सकिन्छ । लेडको सम्पर्कमा पुग्ने व्यक्तिलाई यसको जोखिम र बचाउका उपायबारे जानकारी दिनुपर्छ । लेडको संसर्गमा पुगेको आशंका लागेमा विशेषज्ञसँग परामर्श गरेर जोखिम घटाउन सकिन्छ । धेरै लेड मिसिएको रङ लगाएको भित्तामा पुरानो हुँदै गएपछि गोहीको कत्ला जस्तो देखिने गरी चर्किंदै जाने हुँदा यसबाट पनि लेड पहिचान गरी जोगिन सकिन्छ ।

कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।

माधव नेपाललाई गीत गाउन बाध्य पार्ने जोरपाटी-साँखु सडक

‘जोरपाटी–साँखु सडकका लागि मैले कति मिहिनेत गरें हुँला’ माधव नेपालले भनेका छन्, ‘त्यो बाटो नबनोस् भनेर केपी ओलीले भूमिका खेले । मैले संसदमा आवाज उठाउनुपर्‍यो । मैले गीतै गाउनु पर्‍यो– म देशमा एउटा मानिस खोजिरहेको छु !’

नेपाली कांग्रेसले ल्यायो नयाँ चुनावी गीत ‘मंसिर चार’

अगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै नेपाली कांग्रेसले नयाँ चुनाव गीत ‘मंसिर चार’ सार्वजनिक गरेको छ । शनिबार नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतले गीत सार्वजनिक गरे । गीत नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले निर्माण गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले ४ मंसिरको निर्वाचनलाई लक्षि

कुन कुन कलाकारले स्टार म्युजिक अवार्ड पाए?

काठमाडाैं : स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ।शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टिका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडा लगायतका कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो।कार्यक्रममा पूर्व खानेपानी मन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसी लगायतले अवार्ड वितरण गरेका थिए। नेपाली गीत, संगीतको विकास र स्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस् प्रा.लि. को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना