भीमफेदी-कुलेखानी सुरुङमार्ग योजनामा माओवादीको यू टर्न, भन्यो- 'प्रदेशले यो योजना छाड्दा हुन्छ'

हेटौंडा। नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलले वाग्मती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको कुनै औचित्य नरहेको

सम्बन्धित सामग्री

डेढ करोड खर्चिएको हेटौंडा-काठमाडौं सुरुङ आयोजना स्थगित

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग र विद्युतीय बस खरिद कार्यक्रम स्थगित गरेको छ। एमाले नेतृत्वको अघिल्लो सरकारले गौरवको आयोजनामा राखेको सुरुङमार्ग निर्माण र विद्युतीय बस खरिद कार्यक्रमलाई वर्तमान सरकारले स्थगित गरेको हो। यसअघि नै सत्तारोहण गरेलगत्तै यी योजना कार्यान्वयन गर्न रोक लगाएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै योजना कार्यान्वयन गर्न नसक्ने बताए।मुख्यमन्त्री पाण्डेले भीमफेदी-क

अन्ततः बागमतीमा बन्ने भयो सुरुङमार्ग

हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम पारित गरेको छ।सरकार सञ्चालनका लागि गठबन्धनबाट बनेको समितिले केही समयअघि पेस गरेको सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। जसअनुसार बागमती प्रदेशमा अब ३ वटा सुरुङमार्ग निर्माण हुने भएका छन्।अघिल्लो सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण कार्य रोकेको भन्दै आलोचना खेपेको प्रदेश सरकारले सोही सुरुङमार्गलाई विस्तार गर्दै २ वटा अरू सुरुङमा

बागमती प्रदेश सरकार : अघिल्लो सरकारका निर्णय उल्टाउँदै, नयाँ थप्दै

हेटौंडा : पाँचदलीय गठबन्धनको बागमती प्रदेश सरकारले अघिल्ला दुई सरकारले गरेका निर्णय धमाधम उल्ट्याउन थालेको छ।यसअघि सरकारको नेतृत्व गरेको नेकपा एमालेले अघि सारेका योजना अहिलेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उल्ट्याउन थालेका हुन्।एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)का तर्फबाट मुख्यमन्त्री बनेका पाण्डेले एमाले नेतृत्वको सरकारले गरेका ठूला निर्णय धमाधम उल्ट्याउन थालेका हुन्।बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउने योजना तत्काललाई स्थगित

कुलेखानी सुरुङमार्गको काम अझै सुरु भएन

हेटौंडा, असोज १४ । काठमाडौंलाई जोड्ने देशकै गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको काम अझै सुरसार छैन । बर्षेनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरे पनि हालसम्म योजना कार्यान्वयनमा अलमल छ । प्रदेश सरकार बनेको ४ वर्ष अवधि पूरा हुनै लाग्दा सुरुङ मार्ग निर्माणमा ठोस प्रगति हुन नसक्दा प्रदेश सरकारको विकास […]

लिच्छवि र मल्लकालीन सम्पदा जोगाउँदै वाग्मती प्रदेश सरकार

असार १०, मकवानपुर । वाग्मती प्रदेश सरकारले लिच्छवि र मल्लकालीन प्राचीन सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने योजना अघि सारेको छ ।  भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लिच्छवि र मल्लकालीन समयमा निर्माण गरिएको तर संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका ढुंगेधारा तथा विभिन्न गढीलाई मौलिकताको आधारमा पुनर्निर्माणको काममा तीव्रता दिएको हो ।  भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका त्यस्ता प्राचिन सम्पदाहरूलाई मौलिकताका आधारमा पुनर्निर्माणको काममा तीव्रता दिएको बताए ।  उनले मकवानपुरको थाहा नगरपालिका–२ पुरानो पालुङ गाउँस्थित दुई, वडा नम्वर–९ चित्लाङको गुर्जुधारा र नारायणहिटीमा गरी आठ तथा हेटौँडा उपमहानगरपालिका–९ मा एउटा गरी ११ ओटा ढुंगेधाराको पुनर्निर्माणको काम भइसकेको र यही असार मसान्त भित्रमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको जानकारी दिए ।  मन्त्री फुँयालका अनुसार नुवाकोट, काठमाडौं जिल्लाको शंकरापुर र मनोहरा नगरपालिका क्षेत्रमा क्रमशः एक/एक ओटा गरी ३ ओटा ढुंगेधाराको निर्माण कार्य सम्पन्न भइसकेको र यही असार मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।  प्रदेश सरकारले प्रदेशको १३ ओटै जिल्लामा वनस्पतिको उत्पादन, जैविक विविधता र सिमसारको संरक्षण तथा बर्खे पानीको थोपा संकलन गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै उनले जनतालाई रोजगारीको अवसर उपलब्ध गराउन सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयसँग सहकार्य भइरहेको छ भने ।  मन्त्री फुँयालले प्रदेशको विभिन्न जिल्लामा कृषि शीतभण्डार भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कृषि उत्पादन र पशुपालनलाई उच्च प्राथमिकतामा राखेर कृषकलाई आर्थिक आत्मनिर्भरतातर्फ उन्नमुख गराउन सरकारको लक्ष्य रहेको बताए ।  उनले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा ३० ओटा विद्युतीय बस खरीद गरी २०७९ जेठको दोस्रो हप्तासम्ममा हेटौँडाबाट काठमाडौंसहित विभिन्न सात शहरमा यातायात सञ्चालन गर्ने योजना प्रदेश पूर्वाधार यातायात व्यवस्था निर्देशनालयले अगाडि बढाइसकेको जानकारी दिए ।  उनका अनुसार हेटौँडा, भरतपुर, काठमाडौं, सिन्धुलीलगायत सातओटा स्थानमा स्थानीय तहद्वारा उपलब्ध गराएको जग्गामा नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युतीय चार्जिङ स्टेशनको निर्माण कार्य प्रारम्भ भइसकेको छ ।  मन्त्री फुँयालले प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्य गरेर हेटौँडाबाट काठमाडौं जोडिने भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय वोलपत्र आह्वान भइसकेको र केही महीनाभित्रै सरकार तथा निर्माण कम्पनीबीच सम्झौता सम्पन्न हुने जानकारी दिए ।  प्रदेश सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अभियान अन्तर्गत सबै नागरिकलाई अनिवार्य रुपमा खोप लगाउने, संक्रमणबाट प्रभावित भएका बिरामीलाई उपचारका लागि तत्काल सहजीकरण गर्ने र कोभिड अस्पतालहरुमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट स्थापनाका लागि वोलपत्र आह्वान गर्ने बताउँदै उनले पाँच ओटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइरहेको पनि जानकारी दिए । रासस

हेटौंडाबाट काठमाडौं आउने सडकमा नयाँ सुरुङमार्ग, साढे १९ अर्ब बजेट सुनिश्चित

२८ वैशाख, काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडा-कुलेखानी-काठमाडौं सडकमार्गमा 'पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्ग' निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्र लेखेर भौतिक पूर्वाधार विकास मन्त्रालयको मध्यकालीन खर्च संरचनाको …