काठमाडौँ । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन् । सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा पाँच जना लडाकु मारिएका थिए भने दोस्रो कारबाहीमा थप १० जना मारिएका हुन् । कारबाहीका क्रममा लडाकुका विभिन्न आश्रय स्थलसमेत ध्वस्त पारिएको सुरक्षा स्रोतले जनाएको छ । साथै, घटनास्थलबाट […]
उदयपुर– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका एक हजार ४०० मध्ये १५० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका तथा सर्वसाधारणलाई लक्षित गरी नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा तीनदिने शिविर […]
Prime Minister Balendra ‘Balen’ Shah is scheduled to make his first official bilateral visit to India on November 22 and 23. The visit is expected to last
पाँचथर– जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त रहेका छन् । पालिकाभित्र धेरै अन्नबाली फलाउने कृषकलाई पुरस्कार दिने कार्यक्रमका सिलसिलामा उनीहरु हाल खलो पुगेर कस्को कति धान फल्यो भनी विवरण लिन सक्रिय छन् । सो गाउँपालिकाले आव २०७७/७८ देखि कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत […]
उदयपुर । त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने भएको छ । उदयपुर सुनचाँदी व्यवसायी संघको पहलमा निर्माण हुन लागेको मन्दिरको शनिबार एक समारोहबीच त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतले शिलान्यास गर्नुभएको हो । सुनचाँदी व्यवसायी तथा विश्वकर्मा समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माण गर्न लागिएको संघले जनाएको […]
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण शुल्क समायोजन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म भर्ना प्रक्रिया अघि बढाउन नसक्ने जनाएको हो। एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई समेत भर्ना प्रक्रिया अगाडि नबढाउन अनुरोध गरेको छ।