विज्ञप्तिमा मधेश प्रदेशका सरकारी अस्पतालहरूमा छात्रवृत्ति करारअन्तर्गत कार्यरत चिकित्सकहरूले समयमै तलब–भत्ता नपाइरहेको समस्या कायम रहेको उल्लेख गर्दै सत्यतथ्य नै नबुझी चिकित्सकमाथि कारबाही गर्नु अन्यायपूर्ण भएको जनाइएको छ। यस्तो घटनाले स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने संघको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो ।
काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । समानता एवं इण्डो–प्यासिफिक हेर्ने बेलायतीमन्त्री मल्होत्रा तीनदिने भ्रमणका […]