विवाह तथा सभा सम्मेलनले कोरोना संक्रमणको बढायो जोखिम

विवाह, भोज भतेर, सभा सम्मेलनको भीडले कोरोना संक्रमणको जोखिम बढाएको डा शेरबहादुर पुनले बताए। त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालना नभएकाले संक्रमणको जोखिम स्वतः बढ्ने उनले बताए।

सम्बन्धित सामग्री

स्वास्थ्य मापदण्डको उल्लंघन : मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरे। जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी

१५ माघसम्म फिल्म हल तथा रात्रिकालीन व्यवसाय बन्द

काठमाडौं : सरकारले आगामी १५ माघसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ।कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  बताए।मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले माघ १५ सम्म फिल्म हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिमखानाहरू बन्द गर्ने निर्णय गरेको बताए। साथै पार्टी प्यालेसहरू प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, व्रत

१६ डाक्टर र २४ नर्स जसले कोरोना संक्रमितको उपचार गर्दागर्दै आफ्नै ज्यान गुमाए !

गत जेठ २० गते युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत चिकित्सक ३५ वर्षीय पशुपति रजौरियाको मृत्यु भयो । कोरोना संक्रमण भएका बिरामीलाई एचडीयू कक्षमा उपचार गर्ने डा. रजौरिया बिरामीलाई उपचार गर्दागर्दै अस्पतालको सोही कक्षमा आफैँ भर्ना भए । एक महिनाअगाडि अर्थात वैशाख २० गते कोरोना संक्रमण भएका डा. रजौरियालाई भैरहवा उपचार गर्न नसकेपछि अघिल्लो दिन हेलिप्टरमार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यहीँ उनको मृत्यु भएको हो । केही महिनाअघि मात्र विवाह गरेका रजौरियाकी पत्नी डा. हसिना वानु पनि उनी...

म्याग्दीका गाउँ–गाउँमा फैलियो कोरोना संक्रमण

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण भयावह रूपमा फैलन थालेको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएकासहित अन्य गाउँमा समेत संक्रमण तीव्र गतिमा फैलिएको छ । बेनी नगरपालिकाका ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाट लगायत जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । जिल्लामा दैनिक १ सयभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ । जिल्लाका मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि कोरोना संक्रमण बढिरहेको सम्बन्धित स्थानीय तहका प्रमुखहरूले बताएका छन् । कोरोना संक्रमणपछि उपचारका क्रममा बेनी अस्पताल, पोखरा लगायत मृत्यु हुनेहरू पनि अधिकांश ग्रामीण क्षेत्रका छन् । पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘कोरोना निकै फैलिन थालेको छ,’ उनले भने । त्यस्तै रघुगंगा र धवलागिरि गाउँपालिकामा पनि कोरोना संक्रमणको अवस्था उस्तै छ । गाउँपालिकाका विभिन्न गाउँमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका धेरैजसोमा संक्रमण पुष्टि भएको बताइएको छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा संक्रमण ह्वात्तै बढेको छ । यहाँ अहिले २६ जना सक्रिय संक्रमित छन् । एकै वडामा दर्जनौंको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, अझै स्वाब संकलन र परीक्षणको दायरा बढ्न सकेको छैन । पछिल्लो साताको अवस्था हेर्दा गाउँमा कोरोना संक्रमण डरलाग्दो रूपमा फैलिएको कोरोना नियन्त्रण अभियानमा सक्रिय बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए । संक्रमित बढ्न थालेपछि स्थानीय जनप्रतिनिधि चिकित्सकसहित स्वास्थ्य सामग्री, औषधि र पोषिलो खानेकुरा बिरामीको घरदैलोमा पुग्न थालेका छन् । यसले संक्रमितको आत्मबल बढेको पाइएको छ । ‘हामी कोरोना संक्रमितको अवस्था बुझ्ने र उनीहरूलाई स्वास्थ्य परामर्श तथा औषधि प्रदान गर्ने अभियान लिएर संक्रमितको घरदैलोमै पुगेका छैं,’ बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले अहिले संक्रमण दर बढ्नुको मुख्य कारण संक्रमित सुरक्षितसँग आइसोलेशनमा नबस्नु पनि एउटा कारण भएको बताए । ‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरबाही कारक छ,’ उनले भने, ‘साथै वैशाख महीनामा गाउँघरमा भएका विवाह, धार्मिक कार्यमा मानिसको बढी भीडभाड भएकाले पनि यस्तो अवस्था आएको हो ।’ सरकारले निर्देशन गरेका सबै स्वास्थ्य मापदण्ड र बन्दाबन्दीलाई सहीरूपमा पालना गरे संक्रमण थप फैलिन रोक्न सकिने उनले बताए ।

कोरोना संक्रमण बढेपछि कास्कीमा थपियो निषेधाज्ञा

जेठ ६, कास्की । जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा थप गरेको छ ।  प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत वैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ ७ गतेदेखि लागू हुने गरी १४ गतेसम्म थप गरेको हो । नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअधि पनि प्रशासनले निषेधाज्ञाको समय एक/ एक साता थप गर्दै आएको थियो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले थप एकसाताका लागि निषेधाज्ञा थप गर्ने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार  निषेधाज्ञामा यसअघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरीदविक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दूधजस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरीद गर्नुपर्ने छ ।  त्यसैगरी सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।  सार्वजनिक तथा निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका  कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारीसाधानमा पाँच जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।  उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी,श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने छ । त्यसैगरी सरकारी प्राथमिकता प्राप्त आयोजनाको निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले एक चौथाइ कर्मचारी राखेर एक चौथाइ शाखामात्र खोल्न तथा निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लिअरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने छन् ।  बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु परिचय पत्र र कार्यालय पोशाका आधारमा बिहान १० बजेदेखि साढे तीन बजेसम्म आवतजावत गर्न सक्ने छन् ।

विवाह भएको दुई दिनपछि बेहुला-बेहुलीमा कोरोना संक्रमण

संखुवासभा : मादी नगरपालिका–३ का नवविवाहित जोडीलाई कोरोना संक्रमण भएको छ। २५ वर्षीय युवक र २० वर्षीया युवती संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए।उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका हुन्। ज्वरो, रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। उनीहरु पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका थिए। उनीहरुको वैशाख २३ मा वैवाहिक कार्यक्रम थियो। विवाह भएको दुई दिनपछि संक्रमण देखिएको हो।संक्रमित देखिएका युवा युवतीलाई च

विवाहकै दोस्रो दिन कोरोना संक्रमित बनेकी दुलही आईसीयूमा

काठमाडौं। विवाह गरेको दोस्रो दिन कोरोना संक्रमण देखिएकी एक दुलहीको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। भक्तपुरकै २२ वर्षीया ती दुलहीको आईसीयूमा राखेर उपचार भइरहेको भक्तपुर अस्पतालकी मेसू डा. सुमित्रा गौतमले बताइन्। विवाहको केही दिन अघिबाटै उनलाई रुघाखोकी लागेको थियो। विवाहको दोस्रो दिन स्वास्थ्यमा गम्भिर समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। अहिले उनको अवस्था स्थिर रहेको डा. गौतमले जनाइन्।

धार्मिकस्थलमा नित्य पुजा, ध्यान र प्रार्थनामात्रै

काठमाडौ । सरकारले कोरोना संक्रमण उच्च बन्दै जान थालेपछि धार्मिकस्थलमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका काममा रोक लगाउने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिसिएमसीको सिफारिसका आधारमा यस्तो निर्णय गरेको हो । बैठकले त्यस्ता स्थलमा २५ जना भन्दा बढी भेला हुन पनि निषेध गर्ने निर्णय गरेको छ ।साथै, विवाह व्रतबन्ध लगायतका कार्यक्रममा पनि सो भन्दा बढि सहभागी हुन नमिल्ने गरी आदेश जारी गरेको हो । सरकारको आदेश पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।