बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । । कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । अस्पतालको अक्सिजन प्लान्ट बाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्